साझा युवा संगठन गण्डकी प्रदेश संयोजकमा राजन पन्थी

साझा युवा संगठनले राजन पन्थीको संयोजकत्वमा गण्डकी प्रदेश अन्तर्गत २९ सदस्यीय प्रदेश समिति घोषणा गरेको छ।

शनिवार भर्चुअल कन्फ्रेन्स मार्फत घोषणा गरिएको प्रदेश समिति सदस्यहरुमा   तनहुँका सन्देश अधिकारी, हमिदा मियाँ, लमजुङकी एनिका सापकोटा, लमजुङका आशिष श्रेष्ठ, चक्र थापा, लमजुङकी यशोदा शर्मा , बाग्लुङका अमर रेग्मी, हरि चालिसे, स्याङ्जाका सुमन भट्टराई, युवराज ढकाल, पुर्ण वाग्ले, पर्वतका भिमलाल बस्याल, राजन भुषाल, कास्कीकी अनुपा वाग्ले, ममता सुवेदी, मनिषा मगर कास्कीका प्रतीक सुनार, रोशन सुनार, अनिष बास्तोला, गोर्खाका सुरज भुजेल, उपेन्द्र लामिछाने, असन ढकाल, दिपेन्द्र लामिछाने, नारायण ढकाल, असिम पोख्रेल, नवलपुरका शरद अर्याल, नवलपुरकी प्रतीक्षा पौडेल र म्याग्दीका थम प्रसाद आचार्य  छन्।

प्रदेशका हरेक स्थानीय निकाय र वडा तहसम्म पुर्याउने एवम् आउने निर्वाचनमा वैकल्पिक राजनीतिलाई थप सशक्त बनाउँदै राजनीतिमा युवाहरुको सकारात्मक हस्तक्षेप गर्ने लक्ष्य रहेको संयोजक पन्थीले बताए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.