पोखरा ।लागुऔषध सम्वन्धी गोप्य सुचनाको आधारमा कास्की प्रहरीले एक व्यक्तीलाई पक्राउ गरेको छ ।
प्रहरीले चेकजाँच गर्ने क्रममा असोज १० गते पोखरा १३ गौडाको मुखबाट २५ बर्षीय दिपेश गुरुङलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट २३ एम्पुल, फेनेरागन २४ एम्पुल, नुरफिन २४ एम्पुल गरी जम्मा ७१ एम्पुल लागुऔषध र मोवाईल १ थान फेला पारेको छ ।
पक्राउ परेका व्यक्तीलाई लागू औषध नियन्त्रण ऐन,२०३३ विपरितको कसूर अन्तर्गत थप अनुसन्धान भईहेको प्रहरीले जनाएको छ । ।
Comments are closed.