लागूऔषध सहित ५ जना पक्राउ

 

पोखरा । लागूऔषध ओसारपसार र बिक्रि बितरण हुदै छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २१ बर्षीय समिर गुरुङ, २१ बर्षीय अथित गुरुङ, २४ बर्षीय मोहित खवास, १८ बर्षीय मनोज बि.क र ३० बर्षीय कुमार ठकुरी रहेका छन् ।

उनिहरुको साथबाटडाईजापाम ७ एम्पुल, फेनेरागन ७ एम्पुल, बुर्फिनर्फिन ७ एम्पुल गरी जम्मा २१ एम्पुल र लागुऔषध गाँजा १ के।जी। २२३ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तीलाई लागू औषध नियन्त्रण ऐन,२०३३ विपरितको कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट ७दिन म्याद थप गरी अनुसन्धान भईहेको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.