पोखरा । कास्कीकोटमा रहेको गुप्तकालीका मन्दीरमा यस वर्ष दसैं पुजा नहुने भएको छ । कोरोना महामारीले दिन प्रतिदिन संक्रमीतको संख्या वृद्धि भएकोले गुप्तकाली कश्यप धार्मिक क्षेत्रविकास समितिले भतmजनहरुको लागी प्रवेशमा रोक लगाएको हो ।
महामारी नियन्त्रण र शान्ती कामनाआर्थ पुजा गरीने समितिका अध्यक्ष दिलिप विक्रम शाहीले जानकारी दिए । गुप्तकाली मन्दिरमा गएको चैत्र देखि भकल तथा पञ्चवलीका पुजाहरु रोकीएका छन् । मन्दिरको पुननिर्माण कार्य समेत वाकी रहेको र अहिलेको परिस्थतीमा विश्व शान्तीको कामना गर्दे सिमीत पुजारीहरुले पुजा गर्ने समितीका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए ।
मन्दीरमा विगतका वर्षहरुमा घटस्थापनाको दिन देखि बिशेष पुजा हुने गरेको थियो । सप्तमीको दिन मन्दिरमा पोखराको रामघाट वाट फुलपत्रको डोली कुवर जातीको सरुन खेल लगाएत सवै कार्यक्रम रोकिएको समितिले जनाएको छ ।
Comments are closed.