पोखरा । वि.सं. २०३४ सालदेखि “साहित्य कला र संगीतको उत्थानः हाम्रो प्रण” भन्ने मूल उद्धोषका साथ अनवरत रुपले वाङ्मयिक सेवामा समर्पित अत्यन्त गौरवमय इतिहास बोकेको पोखरेली युवा साँस्कृतिक परिवारको ४० औँ साधारण सभा तथा अधिवेसनले मोती भुजेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
परिवारको उपाध्यक्षमा उपेन्द्र पौडेल,सचिवमा डा. चैतन्य अधिकारी,कोषाध्यक्षमा अर्जुन अधिकारी,सह–सचिवमा शिव त्रिपाठी, साहित्य संयोजकमा रीता अधिकारी,संगीत संयोजकमा एम.डी. काफ्ले र कला संयोजकमा हेमकान्ती गुरुङ छन् । साथै पो.यु.सा.प.को सदस्यमा तीर्थ गुरुङ्ग,प्रकाश आचार्य,सुदर्शन पौडेल,दीपेन्द्र थापा र लिली अधिकारी चयन भएको निर्वाचन संयोजक आनन्द श्रेष्ठले बताएका छन् ।
कार्यक्रमका प्रुमुख अतिथि प्ररम्परागत शिल्पकला बिभाग प्रमुख प्रज्ञा परिषद सदस्य नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान सदस्य बु्िद्घ गुरुङले पो.यु.सा.प.ले खुला आकाश खुला अभिव्यक्ति (२०३७),ग्रामीण चित्रकला यात्रा २०४२ सालमा गोरखाको मनकामना मन्दिरबाट शुरु गरेको सम्झीए । “स्कुल अफ वाटर कलर” पोखराको मौलिकता हो । यसलाई पोखराले ब्राण्डीङ गर्नुपर्ने र यसको श्रेय पनि पोखरेली युवा साँस्कृतिक परिवारले लिन सक्ने बताए ।
कवि एवंम् संस्कृतिकर्मी तीर्थ श्रेष्ठले ४३ वर्ष सम्म अनवरत चलेको उदाहरणमा पोखरेली युवा साँस्कृतिक परिवार पहिलो संस्था रहेको बताए । उनले भने, गण्डकी सहित्य महोत्सब, अम्बर गुरुङ संगीत पुरस्कार स्थापना गर्न सहकार्यको खाँचो औल्याए । निर्वाचित हुँदै अध्यक्ष मोती भुजेलले संस्थाको गरीमालाई जोगाउन आफ्नो कार्यकालमा सबैको साथ र सहयोगले पुराना कार्यक्रमलाई निरन्तरता सँगै केही नयाँ योजना ल्याउने प्रतिबद्घता व्यक्त गरे ।
कार्यक्रममा प्राज्ञ रमेश श्रेष्ठ,प्रकाश घिमिरे,सरस्वती प्रतिक्षा,उपेन्द्र पौडेल,प्रकाश ज्ञवाली,जीवन सागर भण्डारी लगाएतले बोलेका थिए । संस्थाका निर्वतमान अध्यक्ष प्रकाश ज्ञवालीको अध्यक्षतामा सम्पन्न उक्तकार्यक्रममा अर्जुन अधिकारीले सचिवको र मोती भुजेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।







Comments are closed.