पोखरा । पोखराका ५१ जना युवा व्यवसायीहरुको नेतृत्वमा नयाँ लायन्स क्लब स्थापना भएको छ । लायन्सका डिष्ट्रिक्ट कोचिफ एडभाइजरसमेत रहेका विनोद ढुंगानाको नेतृत्वमा लायन्स क्लब अफ पोखरा अभियान स्थापना भएको हो ।
लायन्स क्लब अफ पोखरा पिस सिभिकले क्लबलाई स्पोन्सर गरेको छ । ढुंगाना लायन वर्ष २०१९÷२० का डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरीसहित हुन् ।
आफू भन्दा कम अवसर पाएकाहरुलाई सेवा गर्ने अभियानमा क्लब सक्रिय हुने उनले बताए । स्वास्थ, शिक्षा, व्यवसाय लगायत विभिन्न क्षेत्रमा क्रियाशील सामाजिक युवाहरुद्वारा समाज र समुदायलाई रुपान्तरण गर्ने अभियानमा हाम्रो सक्रियता रहनेछ,’ उनले भने ।







Comments are closed.