पोर्चुगलबाट ब्रेन ट्युमरका बिरामीलाई सहयोग

भगवान् गिरी, पोर्चुगल । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिकाका १७ वर्षीय ब्रेन ट्युमरका बिरामी दीपक परियारको उपचारका लागि पोर्चुगलका नेपालीले आर्थिक सहयोग गरेका छन् ।

घरको आर्थिक अवस्था कमजोर भई छोराको उपचार गर्न कठिनाइ भएकाले पितामाता रामबाबु दमाईं र अमृता परियारले छोरालाई बचाउनका लागि

सार्वजनिक अनुरोध गरेपछि बेलकोट –१३ का वडा सदस्य विकास पाण्डेका अनुरोधमा पोर्चुगलमा कर्मथलो बनाउँदै आएका राम सिलवालका सक्रियतामा रु ५५ हजार नेपाली समुदायको सहयोगमा सङ्कलन गरिएको हो ।

वडा समिति सदस्य पाण्डेले सङ्कलित रकम बिरामीका बुबा रामबाबुका घरमा पुगी हस्तान्तरण गर्दै पीडित परियारको स्वास्थलाभको कामना गरे ।

You might also like

Comments are closed.

Secret Link