बालविवाह रोक्न समुदाय परिचालन गर्ने

मध्यपुरथिमि । भक्तपुर नगरपालिकाले बालविवाह अन्त्य गर्न समुदाय नै परिचालन गर्ने भएको छ । नगरपालिकाले शनिबार आयोजना गरेको बालविवाह अन्त्यका लागि समुदाय परिचालन विषयक अन्तक्र्रियामा सहभागीहरूले अहिले पनि बालविवाह नघटेकाले समुदाय नै परिचालन भएर जानुपर्ने बताएका हुन् ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर अध्यक्ष नारायणबहादुर दुवालले बालविवाह रोक्न सिङ्गो समुदाय परिचालन हुनुपर्ने बताए । अधिवक्ता अनिता जधारीले विसं २०७५ अगाडि १८ वर्षपछि मात्र बिहे गर्नेमा २०७५ पछि २० वर्षपछि मात्र बिहे गर्नुपर्ने प्रावधान नेपालको कानूनमैै उल्लेख भएको बताए । २० वर्ष अगाडि बिहे गर्दा जन्मने बच्चाको नागरिकता नपाउने, सामाजिक तथा कानूनी अधिकारबाट बञ्चित हुनुपर्नेजस्ता समस्या आइपर्ने उनले बताए । बालविवाह गरेमा दुवै पक्षले कानूनी सजाय पाउने बताउँदै उनले कोभिड–१९ कै महामारीका कारण नयाँ प्रविधि अनलाइन कक्षाका कारणले विभिन्न सामाजिक सञ्जालको माध्यमबाट विभिन्न खालका असामान्य र अव्यवहारिक अश्लिल गतिविधि बढ्दै गरेको बताए ।

सामाजिक सञ्जालको माध्यमबाट शारीरिक तथा मानसिक दुव्र्यवहारहरूले बढेको, यौन दुव्र्यवहारको शिकार र परिवार र नजिक सम्बन्धभित्रकै व्यक्तिबाट यौन दुव्र्यवहार हुने गरेको उनले बताए । कार्यक्रमका वक्ताहरूले वडा कार्यालयले समुदायलाई बालविवाह रोक्न परिचालन गर्नुपर्नेमा जोड दिए ।

You might also like

Comments are closed.