बेलायतमा घटेनन् कोरोना संक्रमित

लण्डन । रासस बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएका बेला आइतबार पनि एकै दिनमा ३२ हजार भन्दा बढी संक्रमित थपिएका छन् । ती संक्रमितहरु पछिल्लो २४ घन्टामा थपिएका समाचारमा जनाइएको छ ।

प्राप्त समाचारअनुसार यहाँ आइतबार मात्र ३२ हजार ४१७ जना संक्रमित भेटिएका हुन् । गएको २४ घन्टा यतामात्र थपिएका ती संक्रमतिहरुसँगै यहाँ अहिलेसम्म संक्रमित हुनेको संख्या ७६ लाख नाघेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुकाअनुसार यहाँ आजसम्म संक्रमितहरुको संख्या ७६ लाख ६४ हजार ५२० जना पुगेको छ । त्यसैगरी यहाँ यस संक्रमणबाट भएको मृत्युको संख्या १ लाख ३६ हजार १६८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी गएको २४ घन्टामा मात्र यहाँ ५८ जनाको संक्रमणबाट ज्यान गएको बताइएको छ । लन्डनमा कोभिड १९ को अवस्था समयमा सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको छ ।

केही समयअघि यहाँ भाइरसका संक्रमितहरु घटेपछि जनजीवनलाई पनि सामान्य बनाइएको भएपनि पछिल्लो हप्ताहरुमा महामारीको संक्रमण फेरि बढ्न सक्ने खतरा देखिएको छ । पछिल्ला केही दिनयता यहाँ हरेक दिन ३० हजार जना भन्दा पनि बढी संक्रमित थपिने गरेका बताइएको छ ।

You might also like

Comments are closed.

Skip1