बजार बिस्तार गर्दै जेके ट्यांक, चितवनमा डिपो स्थापना, २५ वटा डिलर नियुक्त

चितवन । कास्कीको लेखनाथमा रहेको जय कालिका प्लाष्टिक उद्योग प्रा.लि.ले बजार विस्तार गरेको छ  । उद्योगद्वारा उत्पादित जेके ब्राण्डका पाटी ट्यांकीहरुको बजार विस्तार गरिएको हो । बजार बिस्तारका क्रममा कम्पनीले चितवनमा आफ्नै डिपो स्थापना गरेको छ । डिपोको स्थापनासँगै कम्पनीले चितवनमा २५ वटा डिलरसमेत नियुक्त गरेको प्रवन्ध निर्देशक रमेश खाँण ठकुरीले जानकारी दिए ।

अरु डिलर पनि थपिने क्रम जारी रहेको उनले बताए । चितवनको डिपोबाट हेटौंडा लगायत सिमरासम्म तथा कावासोतीदेखि अरुण खोलासम्म जेके पाटी ट्यांक बिक्री वितरण हुने उनले आर्थिक आवाजलाई जानकारी दिए । कम्पनीले २ सय लिटरदेखि २ हजार लिटरसम्मका पानी ट्याङ्की उत्पादन गर्दै आइरहेको छ ।

हरियो, निलो, पहेलो र आवश्यकता अनुसार अन्य रंगका ट्यांकी उत्पादन हुन्छन् । ‘डबल लेयर, ट्रिपल लेयरका ट्यांकी बनाउछौं । फोम ट्याङ्क पनि बनाउदै आइरहेका छौं । भारतको एफडिए एप्रुभ्ड कच्चा पदार्थ प्रयोग गरिरहेका छौं,’ उनले भने, ‘भारतबाट नै कच्चा पदार्थ आउँछ । खानेपानीको लागि उपयुक्त ट्याङ्की हो ।’

lcci
You might also like

Comments are closed.