नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा देशभर एक ७२ हजार ४ सय ३३ थप व्यक्तिमा कोरोना संक्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कले देखाएको छ ।
यसै अवधिमा कोरोना संक्रमणको कारण एक हजार ८ जनाको मृत्यु भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ । यससँगै भारतमा कोरोना संक्रमणको कारण मृत्यु भएका कुल संख्या ४ लाख ९८ हजार ९ सय ८३ पुगेको छ ।
हाल देशमा १५ लाख ३३ हजार ९ सय २१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका पनि सो मन्त्रालय थप जानकारी दिएको छ । यस अवधिमा ८७ हाजार ६ सय ८२ जना सक्रिय संक्रमित घटेका समाचारमा जनाइएको छ । लगातार १० औं दिनसम्म भारतमा सक्रिय संक्रमित संख्या घटेको मन्त्रालयले बताएको छ ।
हालसम्म कुल तीन करोड ९७ लाख ७० हजार ४ सय १४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने गत २४ घण्टामा २ लाख ५९ हजार १ सय ७ जना निको भएका छन् । (रासस/सिन्ह्वा)
Comments are closed.