काठमाडौं । शिव चोक, नखीपोट हाइटमा साथीमार्टको ९० औं शाखा खुल्ने भएको छ । वैदेशिक रोजगारबाट फर्किएकी जीवनकला राईले मार्टको फ्रेन्चाइज लिएर सुरु गर्न लागेको बताइएको छ ।
बिदेशबाट फर्किएपछि आफ्नै ब्यवसाय सुरु गर्ने उदेश्यले साथीमार्टको फ्रेन्चाइज लिएको राइले बताइन् । पहिले नखीपोट, सिभिल बैंक भवनमा रहेको साथीमार्टको आउटलेट शिवचोक, नखीपोट उचाइमा मार्ट सुरु हुन लागेको साथीमार्ट प्रशासनले जानकारी दिएको छ ।
करिब सात सय बर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध हुने बताइएको छ ।
फ्रेन्चाइज स्टोर सँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा यसै बर्ष ठुला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको बताइएको छ ।
एउटै लगानीमा खुद्रा ब्यापार (आउटलेट), ई-कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको छ ।
Comments are closed.