बहुप्रतिच्छित ‘फोर्स गुर्खा’को बुकिङ खुल्ला, सुरुवाती मूल्य सार्वजनिक

पोखरा । बहुप्रतिच्छित फोर्स गुर्खा जिपको मूल्य सार्वजनिक गरी बुकिङ खुल्ला गरिएको छ । भारतको बजारमा अत्याधिक रुचाइएको फोर्स गुर्खा लामो पर्खाई पछि नेपाली बजारमा उपलब्ध भएको हो ।

फोर्स मोटर्सको आयतकर्ता हिमालय अर्गनाइजेशन अन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.ले फोर्स गुर्खा आयात तथा बिक्री गर्छ । विशेसत अफरोड र एड्भेन्चर ट्राभल मन पराउने ग्राहकको लागि लक्षित गरी बनेको फोर्स गुर्खामा विश्व प्रशिद्ध मर्सिडिज बेन्जको २.६ लिटर ईन्जिन, गेयरवक्स र एक्सल जडान गरिएको छ ।

फोर्स गुर्खामा पावरफुल फोर ह्विल ड्राइभ, म्यानुवल डिफ्रेन्सियल लक (अगाडि र पछाडि दुबै एक्सलमा), ३५ डिग्री ग्रेडिएविलिटी र उच्च ग्राउन्ड क्लियरेन्स भएकाले जस्तो सुकै वाटोमा पनि उपयुक्त रहेको छ । साथै वल्की डिजाइन र वोल्ड लुक्स भएको फोर्स गुर्खामा आकर्षक एल ई डि हेडल्यम्प विथ डि आर यल, टिल्ट एण्ड टेलिस्कोपिक स्टेरिङ, एडभान्स इन्फोटेन्मेन्ट सिस्टम लक्जरियस पाइलट सिट, कोयल स्पिङ सस्पेन्शन जस्ता आकर्षक फिचर छन् ।

फोर्स गुर्खामा स्नोरकल भएकाले ७०० एम् एम् पानी भएको ठाउँमा पनि सहज रुपमा चलाउन सकिन्छ । यस जिपमा सुरक्षालाई मध्यनजर गर्दै एयर व्याग, ए.वि.एस्. ई.डि.वि. व्रेक र रिभर्स पार्किङ सेन्सर जस्ता फिचर्स छन् । थ्री डोर डिजाइन र ४ सिट क्षमता भएको यस जिपमा सहज ईन्ट्री र एक्जिट, पर्याप्त वुट स्पेस र ग्याङ्गवे छ । जिपमा ठुलो सिङ्गल विइन्डो रहेकाले आकर्षक दृश्यको अवलोकन गर्न सकिन्छ । यस जिपको सुरुवाती मूल्य ७८ लाख ९९ हजार रुपैयाँ रहेको छ । यो मूल्य केही समयको लागि मात्र लागु हुने कम्पनीले जनाएको छ ।

lcci
You might also like

Comments are closed.