काठमाडौं । झण्डै ६ दशक लामो अनुभव संगालेको नेपालको पहिलो बिस्कुट तथा कन्फेक्सनरी उत्पादक नेविको प्रालिले ४ वटा नयाँ प्रोडक्ट सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रालिले नयाँ उत्पादन सार्वजनिक गरेको हो । प्रालिले बिस्कुटमा ‘डि–५० डाइजेस्टिभ’, कुकिजमा ‘नाइस मिल्क कुकिज’, खाद्यान्नमा कुरुम कुरुम चिउरा र स्न्याक्समा ‘साल्टेड पिनट्स’ गरी थप ४ वटा ब्राण्ड बजारमा ल्याएको हो ।
नेविकोले आफ्ना उत्पादनहरु आकर्षक देखाउन र उपझोक्तासम्म सुरक्षित पुर्याउन प्याकेजिङमा विशेष ध्यान दिदै आएको छ । नेविकोले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी कम्पनीले उत्पादनहरु विकास र विस्तार गरेको र थप गुणस्तरमा पतिबद्ध रहदै आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
डि–५० डाइजेस्टिभ विस्कुट १५० ग्रामको र उपझोक्ता बिक्री मूल्य ५० रुपैयाँ तोकिएको छ । यसले उपभोक्ताको पाचन प्रणालीमा सहजीकरण गर्ने र स्वास्थ्य एवं तागत प्रदान गर्ने गुणस्तरयुक्त रहेको प्रालिले जनाएको छ ।
यस्तैगरि नाइस मिल्स कुकिज दुधको स्वादमा उपलब्ध छ । पौष्टिकयुक्त कुकिज १८० ग्रामको आकर्षक प्याकेटमा उपलब्ध गराइएको जनाइएको छ । उपभोक्ता बिक्री मूल्य ५० रुपैयाँ नै तोकिएको छ । कुरुम कुरुम चिउरा हरेक नेपालीको भान्सामा जोडिने प्रोडक्ट रहेको कम्पनीले जनाएको छ । जुन निकैनै गुणस्तरयुक्त र स्वास्थ्यवद्र्धक रहेको बताइएको छ । ८०० ग्रामको तौलमा उपलब्ध कुरुम कुरुम चिउराको उपभोक्ता खरिद मूल्य ९५ रुपैयाँ पर्छ । साल्टेड पिनट्स पनि आकर्षक प्याकेजिङमा उपलब्ध छ । जुन प्रडक्ट युवा, युवतीहरुलाई लक्षित गरी बजारमा ल्याइएको हो । ३५ ग्रामको प्याकेटमा उपलब्ध साल्टेड पिनट्सको बिक्री मूल्य २० रुपैयाँ तोकिएको छ ।
पछिल्लो समय नेविकोले आफ्नो गति तिव्ररुपमा अधि बढाएको छ । आगामाी दिनहरुमा पनि थप उत्कृष्ट ब्राण्डहरु लिएर आउने र गुणस्तरमा अझ बृद्धि गर्दै अगाडि बढ्ने प्रालिले प्रतिबद्धता जनाएको छ । कम्पनीका सम्पूर्ण उत्पादनहरु ढुक्क भएर उपभोग गर्न आग्रह गरिएको छ । करिव ६ दशक अगाडि स्थापना भएको नेबिको प्रालि उपभोक्ता माझ लोकप्रिय बनिरहेको छ ।
बिस्कुट, कन्फेक्सनरी, कुकिज, सिरियल्स, खाद्यान्न हुँदै स्न्याक्स लगायतका उत्पादनहरु नेबिकोले उपझोक्ता माझ उपलब्ध गराउँदै आइरहेको छ ।
Comments are closed.