नेशनल प्याब्सनको उपाध्यक्षमा डम्बर कार्की सर्वसम्मत

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को उपाध्यक्षमा डम्बर कार्की सर्वसम्मत निर्वाचित भएका छन् । नेपालगञ्जमा फागुन २२ र २३ गते भएको राष्ट्रिय महाधिवेशनबाट कार्की उपाध्यक्ष निर्वाचित भएका हुन् ।

सर्वसम्मत उपाध्यक्षमा निर्वाचित गराउने सम्पूर्णप्रति कार्कीले आभार व्यक्त गरेका छन् । संस्थाको हकहितमा केन्द्रित रहेर काम गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

कार्की दिव्य ज्ञान स्कुल तथा कलेजका संस्थापक एवं प्रिन्सिपल हुन् ।

कार्कीले यस अगाडि नेशनल प्याब्सनमा एक कार्यकाल केन्द्रीय सदस्य र काठमाडौं शाखामा २ कार्यकाल सदस्य भएर काम गरिसकेका छन् ।

You might also like

Comments are closed.