केआइइसीको आयोजनामा ‘अष्ट्रेलियन एजुकेसन एडमिसन विक’ हुने

काठमाडौं । केआइइसी प्रा.लि.को आयोजनामा ‘अष्ट्रेलियन एजुकेसन एडमिसन विक’ हुने भएको छ । मार्च १९ देखि २५ सम्म (शनिबारदेखि शुक्रबार) एडमिसन विक सञ्चालन हुने फाउन्डर तथा सिइओ राजेन्द्र रिजालले जानकारी दिए ।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी प्रालिले एडमिसन विक आयोजना गरेको हो । अष्ट्रेलियाका प्रतिष्ठित युनिभर्सिटी तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष भेट्ने र अन्तरक्रिया गर्ने अवसरमा एडमिसन विक अवधिभर विद्यार्थीले प्राप्त गर्नेछन् ।

केआइइसीको प्रधान कार्यालय डिल्लीबजारमा हरेक दिन बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म एडमिसन विक सञ्चालन हुनेछ ।

अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि एडमिसन विक उपलब्धीपूर्ण हुने केआइइसीले विश्वास लिएको छ ।

You might also like

Comments are closed.