जग्गा ठगी प्रकरणः मालपोत कार्यालयका कर्मचारीसँग बयान लिइँदै

भविन कार्की, खाँदबारी । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ को जग्गा ठगी प्रकरणमा मालपोत कार्यालयका नायब सुब्बा महेन्द्र पराजुलीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्पष्टीकरण माग गरेको छ ।

भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटे र मालपोत कार्यालयका नायब सुब्बा पराजुरीसहितको टोलीले स्थानीयवासी दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तका नाममा पास गरेको अभियोग लगाइएको छ । जग्गाधनीलाई पत्तो नदिई जग्गा रजिष्ट्रेशन पास गरेपछि आयोगले नायब सुब्बा पराजुलस्सँग स्पष्टीकरण माग गरेको हो ।

कीर्र्ते कागज गरेर मालपोतका नायव सुब्बा पराजुलीको संलग्नतामा जग्गा रजिष्ट्रेशन पास भएको भन्दै आयोगले उनीसँग स्पष्टीकरण मागेको मालपोत कार्यालय सङ्खुवासभाका प्रमुख चन्द्र मिश्रले जानकारी दिए ।

अख्तियारले लिखित स्पष्टीकरण मागेपछि कार्यालयले लिखित जवाफ पठाइएको मालपोत प्रमुख मिश्रले बताए ।

You might also like

Comments are closed.