खानेपानी तथा सरसफाइको अवस्था बुझ्न स्थानीय निकायसंग सहकार्य गर्ने

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले खानेपानी साथै सरसफाइ जनताको जिवनसंग जोडिएका विषय भएकाले कुनै लापरवाही हुन नदिने बताएका छन् ।

शहरबजारका जनताको लागि मात्र नभई सिंहदरवार गाँउबस्तीसम्म पुग्ने योजना रहेको बताउँदै खानेपानी मन्त्री खानले ७५३ पालिकालाई पत्राचार गरिएको जानकारी दिए ।

नेपाली जनताको वास्तिवक रूपमा खानेपानी तथा सरसफाइमा कस्तो अवस्था रहेको छ जानकारी लिन स्थानीय निकायसंग सहकार्य गर्न लागेको मन्त्री खानले बताए । ‘मेरो पहिलो प्राथमिकता नेपाली जनताको घरदैलोमा शुद्धखानेपानीका साथै सरसफाइका विविध योजनाहरू पुगेका छन् कि छैनन सो विषयको जानकारी लिएर अघि बढ्ने हो,’ उनले भने ।

jutta mela

मन्त्री खानले नेपाल सरकारले लिएको एक घर एक धाराको नीति, दीगो विकास लक्ष्यले निर्धारण गरेका लक्ष्यहरूको यथार्थ चित्रण तथा लक्ष्य पूरा गर्न अवलम्बन गर्नुपर्ने योजना खाकाको तयारीलगायत खानेपानी तथा सरसफाइका विविध विषयहरूमा निरन्तर छलफलका लागि प्रत्येक स्थानीय तहहरूमा वास युनिट ९ध्ब्क्ज् ग्लष्त० को स्थापना हुनुपर्ने भएता पनि कतिपय स्थानीय तहमा वास युनिट स्थापना नभएका भए स्थापना गर्न पर्ने बताएका छन्।

खानेपानी मन्त्रालयको अवधारणा बमोजिम केही स्थानीय तहहरूले वास युनिटको स्थापना गरी ध्ब्क्ज् एबिल समेत तयार गरिसकेका उनले बताए। खानेपानी मन्त्रालयले सबै स्थानीय तहहरूलाई शिघ्र वास युनिटको स्थापना गर्न तथा त्यसरी स्थापना भएका वास युनिटका प्रमुख वा प्रतिनिधिको नाम, सम्पर्क उपलब्ध गराउन अनुरोध गरेको छ ।

You might also like

Comments are closed.