कपडा व्यवसायी एशोसिएसनद्वारा विद्यार्थिलाई सहयोग

पोखरा । कपडा व्यवसायी एशोसिएसन कास्कीले आफ्नो २५ औं वार्षिक उत्सवको उपलक्ष्यमा पोखरा १९ घार्मीमा रहेको भूमेश्वर आधारभूत विध्यालयलाई पोषाक एवं शैक्षिक सामाग्री प्रदान गरेको छ ।

आज बिहान विध्यालय प्राङ्गण घार्मीमा कपडा व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद तिमिल्सिनाको अध्यक्षतामा आयोजित सामग्री हस्तान्तरण कार्यक्रममा, मुख्य अतिथि पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलले पोषाक तथा शैक्षिक सामाग्री हस्थान्तरण गरे ।

कार्यक्रममा विध्यालयका प्रधानाध्यपक दुर्गा प्रसाद पौडेलले स्वागत भाषण राख्दै , विध्यालयको स्थिति, अवस्था र विभिन्न आवश्यकताहरु माथि प्रकाश पार्दै सहयोगी मनहरु प्रति आभार व्यक्त गरे ।

कार्यक्रममा मुख्य अतिथि शोभामोहन पौडेलले कपडा व्यवसायी संघ कास्की केवल व्यवसायी संघ मात्र नभएर सामाजिक अभियन्ता समेत रहेको भन्दै संघको निस्वार्थ सेवाभावको प्रशंसा गरे । वडाध्यक्ष पौडेलले कपडा व्यवसायी संघलाई स्थानीय तहबाट सिलाई तालिम लिईरहेका उध्यमीहरुलाई पनि लिएर आधुनिक सीपको विकास संगै रोजगार सृर्जना तर्फ पनि ध्यान दिनु पर्ने बताए।
वडाध्यक्ष पौडेलले शिक्षाको विकास नै व्यक्ति समाज र राष्ट्रको सर्वपरि विकासको मापनी हो भन्दै, सरकारी विध्यालयमा कतिधेरै विध्यार्थी छन् भन्नू भन्दापनि अध्ययनरत विध्यार्थीहरु कति अब्बल र सक्षम छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ , विध्यालयका शिक्षकहरुले अभिभावकहरुको मन जित्न सक्नु नै विध्यालयको शैक्षिक विकास हो भने । शैक्षिक विकास र रोजगार सृजनाकै सन्दर्भमा वडाध्यक्षले, सर्टिफिकेट, ज्ञान,सीप र क्षमताको समायोजित पहिचान हुनसके मात्र हामी र हाम्रो समाज प्रगति तर्फ उन्मुख हुने छ भने ।

कार्यक्रममा विध्यालय व्यवस्थापन समितिका अध्यक्ष संजय पौडेलले कपडा व्यवसायी संघले आफ्नो २५ औं वार्षिकोत्सको अवसर पारेर शैक्षिक संस्थानको उत्थानमा देखाएको सेवाभाव उदाहरणीय बताउदै, विध्यालय व्यवस्थापन समितिका विभिन्न कार्यहरुको छोटो जानकारी गराए ।

त्यस्तै कपडा व्यवसायिक संघका पदाधिकारीहरुले संघको स्थिति, अवस्था,उदेश्य र कार्यशैली माथि प्रकाश पार्दै संघको उदेश्य व्यवसायिक रुपमा जिल्लामा आर्थिक उन्नतिका बाटाहरु खोज्दै साहसिक सक्षमता र सभ्य एवं आत्मनिर्भर समाज निर्माण गर्न निरन्तर हेको बताए ।

कपडा व्यवसायी संघ कास्कीले आफ्नो संस्थागत विकास संगै विभिन्न दिन( दिवसहरुको उपलक्ष्यमा,शैक्षिक संघ( संस्थाहरुमा सहयोग गर्दै आएको र समय( समयमा स्वास्थ शिविर, रक्तदान शिविर आयोजन गर्दै परिआउने प्राकृतिक आपदाहरुमा पनि साथमा साथ र हातमा हात बढाउदै आएको कुरा संघका कोषाध्यक्ष पोषराज पौडेलले जनाए ।

कार्यक्रममा कपडा व्यवसायी एशोसिएसन कास्कीका पदाधिकारीहरु, विध्यालय व्यवस्थापन समिति सदस्यहरु,स्थानीय अभिभावकहरु संगै शिक्षक शिक्षिका र विध्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

You might also like

Comments are closed.