सरकारी छाप र दस्तखत किर्ते गर्ने पक्राउ

 

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार एकजना प्रतिवादीलाई पक्राउ गरेको छ ।

ब्युरोको टोलीले सर्वोच्च अदालतको विसं २०७६ मङ्सिरको फैसलाअनुसार एक वर्ष कैद र रु ३६ लाख जरिवाना ठहर भएपछि फरार रहेका गोरखा घर भई ललितपुर बस्दै आएका ५५ वर्षीय गोपालबहादुर थापालाई आज पक्राउ गरी सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले श्रम तथा रोजगार प्रबद्र्धन विभागको पत्र जाहेरीका आधारमा अदालतले फैसला सुनाएका थापालाई बिहीबार काठमाडौं महानगरपालिका–४ धुम्बाराहीबाट पक्राउ गरिएको जानकारी दिए । उनले थापालाई फैसला कार्यान्वयनका लागि शुक्रबार नै काठमाडौं जिल्ला अदालत बबरमहल पठाएको बताए ।

You might also like

Comments are closed.