रोड सेफ्टी अडिट नभएकै कारण नेपालका कुनै पनि सडक सुरक्षित छैनन्

आशीष गजुरेल, ट्रान्सपोर्ट एण्ड ट्राफिक इन्जिनियर

नेपालमा आवश्यक मात्रामा गुणस्तरीय यातायात पूर्वाधार बन्न सकेको छैन । सरकार सडक सञ्जाल विस्तार गर्ने ध्यानमा छ । तर यसको प्रयोगलाई प्रभावकारी बनाउनका लागि आवश्यक गुणस्तरीयता कायम गर्न सकेको छैन । केन्द्रीय र स्थानीय सडकको क्वालिटीमा फरक छ । तर सबैमा एउटै सेफ्टी स्ट्यान्डर्ड हुनु आवश्यक हुन्छ । सेफ्टी स्ट्यान्डर्डको वारेमा कसैलाई चासो छैन ।

रोड सेफ्टी अडिट नभएकै कारण कुनै पनि सडक सुरक्षित छैनन् । जस्तो मन लाग्यो, उस्तै प्रकारले सडक निर्माण गरिएको छ । सुरक्षित सडक नभएकै कारण दुर्घटना बढिरहेका छन् । यसैले अब नयाँ बन्ने सडकमा अनिवार्य सडकको सुरक्षा मापदण्ड पहिले नै निर्धारण गरेर त्यसै अनुसार सडक निर्माण गर्नु आवश्यक छ । सडक सवारी साधनका लागि मात्र निर्माण गरिने होइन । यसका साथमा साइकल लेन, पैदल लेन, जेब्रा क्रसिक आदि पनि निर्माण गर्नुपर्छ । तर यस्ता कुरामा ध्यान दिइएको छैन । अनि आवश्यक सुरक्षा मापदण्ड निर्धारण गर्नुपर्छ । यस्तो मापदण्ड कति वर्ष भित्र निर्धारण गर्ने र कहिले निर्धारण गर्ने ? भन्ने तिर ध्यान जानु आवश्यक छ । मापदण्ड अनुसार नबनेका सडकलाई बन्द नै गर्नु आवश्यक छ ।

jutta mela

अर्को कुरा सार्वजनिक यातायातमा सबैभन्दा ठूलो समस्या छ र यसलाई सुधार गर्नुपर्छ भन्ने तिर कमै मात्र ध्यान दिइन्छ । यसका लागि बसपार्क, बस स्टप र बस लेनलाई इन्जिनियरिङ ढंगले सुधार गर्न सकिने कुरा धेरै छन् । सहरमा कलर अनुसार बस चलाउन सकिन्छ । बस पनि बस्तीको बीचबाट चलाउन सकिन्छ । बीआरटी अर्थात बस ¥यापिड ट्रान्सपोर्ट चलाउन सकिन्छ । विद्युतीय सवारी, चार्जिङ स्टेसन आदि व्यवस्थित गर्नुपर्छ । यस्ता कुरामा आवश्यक ध्यान दिएर सार्वजनिक यातायातलाई सुधार गर्न सकिन्छ ।

(‘सेफ रोड एण्ड सस्टेनेवल ट्रान्स्पोर्ट’ बारेमा काठमाडौंमा आयोजित छलफल कार्यक्रममा गजुरेलले राखेको विचारको सम्पादित अंश)

You might also like

Comments are closed.