नागार्जुन नगरपालिकामा अटोल्यान्ड स्थापनाका लागि पहल

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकामा अटोल्यान्ड स्थापनाका लागि पहल सुरु भएको छ । सोही क्रममा खुल्ला तथा सार्वजनिक जग्गाको विवरण वडा कार्यालयहरुमा माग गरिने भएको छ । नेपाल अटो मेकानिक्स व्यवसायी संघको माग बमोजिम नगरपालिका अटोल्याण्ड अभियानमा अगाडि बढेको हो ।

नागार्जुन नगरपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष महेश रिमालको अध्यक्षतामा एक नगरपालिका एक अटोल्यान्ड स्थापना गर्न गठित पूर्व सम्भाव्यता अध्ययन समितिको बैठकले सो निर्णय गरेको हो । सो अवसरमा नगरपालिकाका प्रतिनिधि लगायत नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष दिपेन्द्र बुढाथोकी, निवर्तमान अध्यक्ष ठाकुर प्रसाद न्यौपाने, महासचिव सुमन प्रसाद सुवेदी, सहकोषाध्यक्ष फुल बहादुर लामा (माइला) र कार्यालय प्रमुख विकास खड्काको सहभागितामा थियो ।

सो विषयमा निवर्तमान अध्यक्ष ठाकुर प्रसाद न्यौपानेले अटोल्यान्ड बनाउन सके नगरपालिका र अटो मेकानिक्स तथा राष्ट्रलाई हुने फाइदाको बारेमा बुदागत रुपमा सस्थागत धारणा जानकारी गराए ।

एक नगरपालिका एक अटोल्यान्ड विषयमा छलफल गरी नागार्जुन नगरपालिका क्षेत्रभित्र एक अटोल्यान्ड स्थापनाको सम्भाव्यता अध्ययन गर्नका लागि वडा क्षेत्र भित्र रहेका खुल्ला तथा सार्वजनिक जग्गाको विवरण वडा कार्यालयहरुबाट माग गर्ने निर्णय सहित बैठक समापन गरिएको संघका अध्यक्ष दीपेन्द्र बुुढाथोकीले बताए ।

नेपाल अटो मेकानिक्स व्यवसायी संघले हाल एक नगरपालिका एक अटोल्यान्ड अभियान सञ्चालन गरिरहेको छ । नगरपालिका भित्र अटोल्यान्ड भएमा सवारी साधन मर्मत गर्नका लागि सहज हुने र व्यवसायी तथा ग्राहक दुवैलाई फाइदा हुने मात्र नभई वातावरणीय दृष्टिकोणले समेत महत्वपूूर्ण उपलब्धि हुने महासचिव सुमनप्रसाद सुवेदीले बताए ।

अटोल्याण्डका लागि पहल गर्ने नगरपालिका र सरोकारवाला सबैप्रति सहकोषाध्यक्ष फूलबहादुर लामाले आभार व्यक्त गर्दै अटोल्याण्डको आवश्यकताका विषयमा बोलेका थिए ।

lcci
You might also like

Comments are closed.