‘लायन्समार्फत नेपालमा धेरै प्रोजेक्टमा काम भएका छन्’

बालकृष्ण बुर्लाकोटी,  एलसिआइएफ एरिया लिडर

कोभिड-१९ को विषम परिस्थितिबाट सुरु भएको लायन वर्ष २०२०/२१ वास्तवमै we serve को नारालाई वास्तविकतामा परिणत गरेको महसुस भएको छ । डिष्ट्रिक्टले सेप्टेम्बरको इन्युज लेटर निकालिरहँदा हाम्रो लागि एउटा सेलेब्रेसनको रुपमा मैले लिएको छु । ३ महिनाको छोटो अवधिमा हाम्रो डिष्ट्रिक्ट गभर्नर मनबहादुर रोकाको सफल नेतृत्वले सबैलाई गौरवको महसुस गर्ने वातावरण बनेको छु । कोभिडका कारणले मेम्बर घट्ने होकि भन्ने चिन्ता हामीमा थियो । यद्यपि हाम्रो चिन्तालाई छोटो समयमा नै अहिलेसम्मकै धेरै २ हजार ५ सय भन्दा बढी सदस्यता थप गरी इतिहास कायम भइसकेको छ । ५० वटा भन्दा बढी क्लबहरु चार्टर भइसकेका छन् । सर्भिसका कुरा गरिरहँदा छोटो समयमा अहिलेसम्मकै घेरै सेवाका कार्यहरु सम्पादन भएको मैले नजिकबाट नियाल्ने अवसर पाइरहेको छु । समग्रमा डिष्ट्रिक्टले उत्साहका साथ काम गरिरहेको मैले पाएको छु ।

क्लब र मेम्बरसिप ग्रोथसँगसँगै सामाजिक क्षेत्रमा थुप्रै कामहरु भएका छन् । रक्तदानका क्षेत्रमा कुरा गर्नुपर्दा बागमती, गण्डकी र धौलागिरी क्षेत्रमा झण्डै १२ हजार युनिट रगत संकलन भइसकेको छ । कन्ट्रिव्युसनको क्षेत्रमा नेपाल लायन्स फाउण्डेसनमा १९ लाख जम्मा भइसकेको छ । पढाऔं अभियानमा १० लाख रुपैयाँ जम्मा भएको छ । एलसिआइएफमा १५ जनाले एमजेएफ दिइसक्नुभएको छ । क्याम्पियन १०० मा पनि उत्साहजनक रुपमा योगदान भइरहेको छ ।

विशेष गरी यो वर्ष हाम्रो डिष्ट्रिक्टमा बाढी पहिरो लगायत प्राकृतिक विपत्तीका कारण धेरै जनधनको क्षति भइरहेको छ । गभर्नरको आह्वानमा सेवाका कार्यहरु राहतलाई निरन्तर जुटिरहेको पाएका छौं । गभर्नरको पहलमा एलसिआइएफबाट इमर्जेन्सी ग्राण्डबापत १० हजार डलर प्राप्त गरी विभिन्न क्षेत्रमा राहत वितरण भइसकेको छ ।

गभर्नरको मुख्य थिम नर्चर द फ्युचर अन्तर्गत रहेर क्लबहरुले भर्चुअल्ली र फिजिकल्ली बालबालिकाका क्षेत्रमा धेरै कार्यक्रमहरु सम्पन्न गरिरहेका छन् । सेवाका कार्यहरु उत्साही हुँदै एतिहासिक रुपमा भइरहेका छन् । यो सबै क्षेत्रमा भएको सफलताका पछाडि गभर्नरको सफल नेतृत्व, क्याबिनेटका सम्पूर्ण साथीहरु, क्लब पदाधिकारीहरुको योगदान स्मरणीय छ । म सबैका प्रति आभार व्यक्त गर्दछु ।

कोभिड पछि हामीले फ्रन्ट लाइनमा रहेर सेवाका कामहरु गरिरहेका छौं । समाज र मानिसहरु घरबाहिर निस्कन डराइरहेको अवस्थामा लायन्सहरु आफ्नो ज्यानको सुरक्षाको समेत प्रवाह नगरी समाजको सेवाका लागि अबिरल खटिरहेका छौं । प्रत्येक क्लबबाट काम भइरहेका छन् भने संस्थागत रुपमा हामीले नेपाल सरकारलाई सुरुमै ५८ लाख रुपैयाँ बराबरको पिपिई, माक्स, ग्लोब्स लगायत स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्न सफल भयौं ।

देशैभरका पिसिआर परीक्षण भइरहेका हस्पिटलहरुलाई ४८ हजार ६ सय थान भिटिएम किट प्रदान गर्न हामी सफल भयौं । लायन्समार्फत नेपालमा करोडौं रुपैयाँ बराबरका प्रोजेक्टहरुको काम भएको छ । भूकम्प पछि विद्यालयको पुनर्निनिर्माण होस वा सामाजिक क्षेत्र गरिने काममा लायन्सको सक्रियता जहिले पनि अग्रस्थानमा रहेको हामीले पाएका छौं । यी र यस्तै सामाजिक कार्यबाट प्रभावित हुँदै लायन्समा धेरै साथीहरुको आकर्षण देखिएको छ । यसबाट समाजलाई फाइदा नै भएको छ । सेवाका हातहरु बढिरहेका छन् ।

यस वर्षका गभर्नरको सक्रियता लोभलाग्दो खालको छ । डिष्ट्रिक्ट डाइरेक्ट्री प्रकाशन भइसकेको छ । गभर्नरसहित डिजी टिमका साथीहरु बिहानदेखि बेलुकासम्म क्लबहरुका कार्यक्रममा सहभागी भइरहनुभएको छ । काठमाडौंमा मात्रै होइन गण्डकी र धौलागिरी क्षेत्रमा पनि पटक पटक पुगेर क्लबहरुसँग नजिक रहेर काम गर्नुभएको छ । यसले गर्दा क्लबहरु मोटिभ भएका छन् । लायन्सको सेवा कार्य मनपराएर स्वतस्फूर्त नयाँ क्लबहरु खुलिरहेका छन् । मेम्बरहरु थपिरहेका छन् । यसमा हामीले गौरव गर्नुपर्छ ।

अन्त्यमा, नजिकिदै गरेको महान पर्व दसैं, तिहार, छठ, नेपाल संवतको सम्पूर्ण लायन साथीहरुमा शुभकामना व्यक्त गर्दछु । कोभिडको चपेटामा हामीहरु छौं । कोभिडबाट सिर्जित विषम परिस्थितिकाबीच पनि हामीहरु सेवा कार्यमा निरन्तर खटिरहेका छौं । सबै साथीहरु सुरक्षित भएर सेवा कार्यमा लाग्नुहुनेछ र चाडपर्व मनाउने क्रममा पनि आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु ।

(लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालद्वारा सेप्टेम्बर महिनामा प्रकाशन गरिएको बुलेटिनमा प्रकाशित लेख)

You might also like

Comments are closed.