नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को पुरानो शाखाको रुपमा इक्यान कास्कीले काम गर्दै आइरहेको छ । इक्यान कास्कीले हालैमात्र नयाँ कार्यसमिति चयन गरेर इक्यान कास्कीको छैटौं कार्यसमिति बनेको छ । हामीले प्रत्यक्ष विद्यार्थीलाई गाइड गर्नुभन्दा पनि हाम्रा एसोसियट सदस्य र सदस्य संस्थाहरुमा संलग्न भएका शैक्षिक परामर्शदाताहरु अथवा सदस्य संस्थाका प्रतिनिधि र सदस्य संस्थाका पढाउने शिक्षक र कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न विभिन्न कार्यक्रम गर्दै आएका छौं । इक्यान कास्कीले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने सन्दर्भमा आफ्ना सदस्यका लागि मात्रै नभइ समाजसँग सम्वद्ध रहेर विभिन्न सामाजिक गतिविधि गर्दै आइरहेको छ ।
मूलत नेपालबाट उच्च शिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थीमा फोकस भएर हाम्रा शैक्षिक परामर्श व्यवसायीहरु त्यसमा लाग्नुभएको हुन्छ । त्यहाँ जान चाहने विद्यार्थीको हकहित, दिनुपर्ने ज्ञान, ध्यान दिनुपर्ने कुरा, त्यहाँका शैक्षिक संस्था कत्तिको भरपर्दा छन्, विद्यार्थी जाने देशको शैक्षिक नीति नियम के छन् ? अथवा त्यहाँ गइसकेपछि पाउने अवसरहरु के–के हुन्, चुनौतीहरु के–के हुन् भन्ने लगायतका विषयमा फोकस भएर त्यसबारे अझ बढी विद्यार्थीहरुलाई सु–सूचित गराउने सन्दर्भमा शैक्षिक मेलाहरु आयोजना गर्ने गरेका छौं ।
इक्यान कास्की मोफसलमा रहेर विद्यार्थीलाई गाइड गर्दै गर्दा यहाँ बसेर काम गर्ने व्यवसायीका पीर मर्का प्रशस्तै छन् । तिनै पीरमर्कालाई सम्बोधन गर्ने सम्बन्धमा र विद्यार्थीहरुले काठमाडौं नगइ गर्न सकिने कुराहरु पनि धेरै छ । त्यही सन्दर्भमा इक्यान कास्की अन्य शाखासँग पनि समन्वय गरेर विभिन्न आवाज उठाउँदै आइरहेको छ । हामीले उठाएका आवाजको पक्कै पनि सम्बोधन हुन्छ भन्नेमा हामी आशावादी छौं । इक्यान २० औं वर्ष पुरानो छाता संगठन हो । इक्यानमा आवद्ध नभएका थुप्रै कन्सल्टेन्सी छन् । उहाँहरुलाई पनि सकेसम्म एउटै छातामुनि राखेर उहाँहरुका गतिविधिलाई निगरानी गर्न सकियो र उहाँहरुलाई पनि गाइड गर्न सकियो भने कहीँकतै हामीमाथि लाग्ने लाल्छना कम हुने आशा छ ।
कुराकानीमा आधारितः
Comments are closed.