काठमाडौं । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका लागि आगामी लायन वर्ष २०२१/२२ का गभर्नर विशेश्वर आचार्यले दीगो विकास लक्ष्य प्राप्तिका कार्यक्रमलाई प्राथमितामा राख्ने भएका छन् । यसका लागि १० जिल्लामा कार्यक्रम सञ्चालन गरिने उनले बताए ।
आफ्नो कार्यक्षेत्रमा रहेका १० जिल्लाका एक÷एक गाउँ छनोट गरी ‘लायन्स मोडल भिलेज’का रुपमा विकास गरिने आचार्यले जानकारी दिए । मोडल भिलेजका लागि म्याग्दी, पर्वत, बागलुङ, कास्की, स्याङजा, तनहुँ, लमजुङ, गोरखा, धादिङ र काठमाडौं जिल्ला छनोट भइसकेका छन् । यी जिल्लाबाट एक÷एक गाउँ छिट्टै छनोट गरी त्यहाँ कार्यक्रम गरिने आचार्यले बताए । ‘दीगो लक्ष्य प्राप्तिका लागि लायन्स मोडल भिलेज उदाहरणीय बन्नेमा हामी विश्वस्त छौं,’ आचार्यले भने, ‘यो कार्यक्रमले लायन्सलाई ब्राण्डिङ गर्नमा पनि सहयोग पुग्छ ।’
छनोट भएका गाउँमा साना उद्यमशीलताका कार्यक्रमलाई प्राथमिकतामा राखिने आचार्यले बताए । लायन्स मोडल गाउँमा रहेका समुदायको आर्थिक स्तर उकास्न र उनीहरुलाई उद्यमी बनाउन यो कार्यक्रम प्रभावकारी हुने दीगो विकास लक्ष्य प्राप्ति कार्यक्रम प्रमुख (मनोनित) आर.बि. अधिकारीले बताए ।
यसैबीच गभर्नर आचार्यले आगामी वर्षको कार्यकाल सफल बनाउन क्याबिनेटलाई पूर्णता दिएका छन् । शनिबार एक कार्यक्रमबीच आचार्यले काठमाडौं क्षेत्रमा क्याबिनेट घोषणा गरे । यस अगाडि वैशाख १ गते गण्डकी तथा धौलागिरी क्षेत्रलाई समेटेर क्याबिनेट घोषणा गरेका थिए ।
क्याबिनेटमा मनोनित सम्पूर्णलाई मनोनित पत्र हस्तान्तरण गरिसकिएको क्याबिनेट सेक्रेटरी (मनोनित) दुर्गाप्रसाद हुमागाईंले जानकारी दिए ।
Comments are closed.