नेशनल प्याब्सनको सचिवमा विष्णु पराजुलीद्वारा उम्मेदवारी घोषणा

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को सचिवमा विष्णु पराजुलीले उम्मेदवारी घोषणा गरेका छन् । बाँकेको नेपालगञ्जमा फागुन २२ र २३ गते हुने राष्ट्रिय महाधिवेशनका लागि उनले सचिवमा उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

निजी विद्यालयको हकहितका क्षेत्रमा काम गर्ने उद्देश्यसहित उम्मेदवारी सार्वजनिक गरेको पराजुलीले बताए ।

jutta mela

नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिको साधारण सदस्य, जिल्ला कमिटि सदस्य, सचिवालय सदस्य, सहसचिव, सचिव र अध्यक्ष भएर पराजुलीले काम गरिसकेका छन् । २०७३ देखि २०७६ सम्म काठमाडौं शाखाको अध्यक्ष भएर काम गरेका उनी बर्तमान कार्यसमितिमा प्रमुख सल्लाहकारको भूमिकामा छन् ।

प्रोग्रेसिभ स्कुलका प्रिन्सिपल पराजुली विनायक सिद्ध कलेजका निर्देशक हुन् ।

शिक्षा क्षेत्रमा लामो अनुभव संगालेका पराजुलीले काठमाडौं जिल्ला शाखाकोे अध्यक्ष हुँदा उत्कृष्ट कार्य गरेका थिए । नेशनल प्याब्सनको सचिव पदमा देशभरका प्रतिनिधिहरुबाट अत्याधिक मत आउनेमा आफू विश्वस्त रहेको पराजुलीले बताए ।

You might also like

Comments are closed.