शान्ति दीप अभियान पोखराको आयोजनामा रक्तदान कार्यक्रम, ४० युनिट रगत संकलन

 

पोखरा ।
शान्तिदिप अभियान पोखरा नेपालको आयोजनामा आज आकास्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पश्चिमाञ्चल क्षेत्रिय रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो ।

पश्चिमाञ्चल क्षेत्रिय रक्तसंचार केन्द्रको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा ४० यूनिट रगत संकलन भएको रक्तसंचार केन्द्रका प्रमुख तथा आकास्मि रक्तदान कार्यक्रमका प्रमुख आतिथि अर्जुन ज्ञवालीले जानकारी दिए ।

jutta mela

अहिले वर्षाको समय भएकोले यसले निम्त्याउने प्राकृतिक प्रकोपले मानिसको शरीरमा पु्र्याउने क्षतिलाई मध्यनजर गर्दै रगतको अभावले हुन सक्ने मानवीय क्षतिलाई रोक्नको लागि आकास्मिक रक्तदान कार्यक्रमको आयोजना गरिएको आकास्मिक रक्तदान यूनिटका प्रमुख नेत्र प्रसाद ढकाले बताए ।

त्यस्तै उक्त रक्तदान कार्यक्रममा रेडियो सराङ्गकोटका कार्यकारी निर्देशक कृष्ण थापाले ६३ औं पटक रक्तदान गरेका छन् भने रेडियोका अन्य कर्मचारीहरुले समेत रगतदान गरेका छन् ।

यस्तै कार्यक्रममा नेपाली कांग्रेस पोखरा–१८, सराङ्गकोट का सभापति शिव प्रसाद तिमिल्सिनाले रगतबिनाको जीवनको कल्पना पनि गर्न नसकिने र आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै भएको बताउँदै रक्तदानको महत्वकोबारेमा प्रकाश पारे ।

सोही कार्यक्रममा आयोजक शान्तिदिप अभियान पोखरा नेपालका व्यवस्थापक एवं कार्यक्रमका सभाअध्यक्ष हरिषचन्द्र र्शमाले रक्तदान जीवनदान भएको र मन्दिरमा गएर धूप बत्ती बाली लाखौंको प्रसाद चढाएर धर्म नहुने पनि बताएका छन् । उनले कसैको जीवन बचाउने रक्तदान नै सबैभन्दा ठूलो धर्म भएको पनि प्रष्टाउदै रक्तदान गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन व्यक्त गरेका छन् ।

You might also like

Comments are closed.