पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीको तेश्रो वार्षिकोत्सवको अवसरमा घुम्ती रक्तदान कार्यक्रम गर्ने भएको छ । रक्तदान जीवनदान, जीवनदान महादान भन्ने नाराका साथ चेम्बरले पोखराको विभिन्न ६ ठाउँमा रक्तदान गर्न लागेको हो ।
चेम्बर अफ कमर्स कास्कीका महासचिव उमराज बास्तोलाले चिप्लेढुंगा महेन्द्रपुल चेम्बर अफ कमर्सले १३ गते विपीचोकमा, दक्षिणी चेम्बर अफ कमर्स र फेवा चेम्बर अफ कमर्सले १४ गते बिरौटमा, सेती विजयपुर चेम्बर अफ कमर्सले १५ गते अमरसिंरचौरमा रक्तदान गर्न लागेको जानकारी दिए ।
त्यस्तै उत्तरी चेम्बर अफ कमर्सले १६ गते बगरमा, लेखनाथ चेम्बर अफ कमर्सले १७ गते लेखनाथमा र सेन्टर युनिट चेम्बर अफ कमर्सले १८ गते पृथ्वीचोक पोखरामल अगाडी रक्तदान कार्यक्रम गर्न लागेको हो ।
नेपाल चेम्बर अफ कमर्सको ७०वर्ष प्रवेशको अवसरमा गण्डकी प्रदेशको समृद्धिसंग जोडेर स्मारिका प्रकासन गरेको अध्यक्ष किसान सुनारले जानकारी दिए । महासचिव बास्तोलाले वार्षिकोत्सवको सन्दर्भमा आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख ऋषिराम पोखरेल, जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख सन्तोष रोका, चेम्बरका पदाधिकारीहरुको सहभागितामा रेडियो सम्वाद कार्यक्रम राखेको जानकारी दिए ।







Comments are closed.