काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रक्षा नेपाललार्ई दैनिक उपभोग्य खाद्यान्न सामाग्री र स्यानिटरी प्याड सहयोग प्रदान गरेकोे छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यौन शोषणमा परेका बालिका र महिला, विशेषगरी बेचबिखन र यौन हिंसाको जोखिममा परेका बालबालिकाको सुरक्षाको लागि प्रशंसनिय कार्य गर्दै आएको संस्था रक्षा नेपाललाई बैंकले सो सामग्री सहयोग गरेको हो ।
दुई दशकदेखि विभिन्न हिंसामा परेका महिला, किशोरी तथा बालबालिकाको सुरक्षा र पुर्नस्थापनामा लागिपरेको संस्था रक्षा नेपालले उनीहरूलाई सीप, शिक्षा, काउन्सेलिङ, कानूनी सहयोग, आत्मरक्षा र आत्मजागरूकता मार्फत आत्मनिर्भर बनाउने प्रयास गरिरहेको छ ।बैंकले एक समारोहका बीच रक्षा नेपाललाई सामाग्रीहरु हस्तान्तरण गरेको हो । बैंकको यो सहयोगप्रति धन्यबाद ज्ञापन गर्दै उनीहरुले आगामी दिनमा पनि महिला र बालबालिकाको अधिकारको लागि कार्यहरु गर्दै जान हौसला मिलेको कुरा बताए । समाजमा उल्लेखनीय मानवीय कार्य गर्दै आएको संस्थालाई सहयोग गर्न पाँउदा संस्थाको सञ्चालनमा केही सहजता हुने विश्वास बैंकले लिएको छ ।
आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ । विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ ।
साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
Comments are closed.