आज ६४औं राष्ट्रिय सहकारी दिवस, देशभर विभिन्न कार्यक्रम

काठमाडौं । आज देशभर विभिन्न कार्यक्रम गरी ६४औं राष्ट्रिय सहकारी मनाइने भएको छ । विश्वव्यापी फैलिएको कोभिड–१९ को महामारीलाई मध्यनजर गरी ठूला कार्यक्रम यस वर्ष हुने छैनन् । यद्यपि, सहकारी तथा जिल्ला स्तरमा विभिन्न कार्यक्रम भइरहेका छन् ।

प्रारम्भिक सहकारीदेखि सहकारी विभागसम्म आज विभिन्न कार्यक्रम हुने बताइएको छ । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ नारासहित यस वर्ष राष्ट्रिय सहकारी दिवस मनाउन लागिएको राष्ट्रिय सहकारी महासंघले जनाएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम, खेलकुद गतिविधि, सरसफाइ, रक्तदान लगायतका कार्यक्रम देशभर भइरहेका छन् । सामाजिक दुरी कायम गरी, स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सुरक्षित र संयमित हुँदै सहकारी दिवन मनाउन लागिएको महासंघले जनाएको छ ।

jutta mela

आज भन्दा ६४ वर्ष अगाडि चैत २० गते चितवनमा बखान सहकारी स्थापना भएको थियो । सोही दिनलाई नेपालमा राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउने गरिन्छ ।

You might also like

Comments are closed.