काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा ११ हजार ८ सय ९६ जनाको पिसीआर परीक्षण गरिएको थियो ।
योसँगै नेपालमा पिसीआर विधिमार्फत् आठ लाख २६ हजार ९ सय १ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म एन्टिजेन विधिबाट ९६ हजार १ सय १५ जनाको कोरोना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ३ सय ४९ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख १० हजार २ सय ७१ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट एक जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ८२ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ ।
यसैगरी, पछिल्लो समय तीन लाख २९ हजार ३ सय ७१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या पाँच हजार ४८ रहेको छ ।
Comments are closed.