कोभिड हस्पिटललाई पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीबाट १० बेड सहयोग

पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले कोभिड हस्पिटललाई सहयोग गर्ने भएको छ । कोरोना महामारीको दोस्रो लहरबाट कोभिड संक्रमितहरु दिनप्रतिदिन बढिरहेको सन्दर्भमा पोखरा महानगरपालिका र लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको अग्रसरतामा कास्कीमा कोभिड अस्पताल सञ्चालनको तयारी भइरहेको छ ।

कास्कीको लेखनाथस्थित साबिक लेखनाथ नगरपालिका भवनमा बन्ने सय बेड क्षमताको कोभिड अस्पताललाई पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिको तर्फबाट १० वटा बेड सहयोग गर्न लागिएको प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए ।

संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै प्रालिको तर्फबाट बेड सहयोग गर्र्न लागिएको केसीले बताए । ‘कोभिड संक्रमण दिनप्रतिदिन बढिरहेको छ,’ अध्यक्ष केसीले भने, ‘कोभिडका बिरामीलाई मध्यनजर गरी बन्न लागेको हस्पिटलबाट धेरै बिरामी लाभान्वित हुन सक्ने भएकाले हामीले बेड सहयोग गर्न लागेका हौं । ’

You might also like

Comments are closed.