इन्जा सपिङ कम्प्लेक्समा कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकलाई १० प्रतिशत छुट

काठमाडौं । कामना सेवा विकास बैंकले रुपन्देहीको तिलोत्तमा स्थित इन्जा सपिङ कम्प्लेक्समा (INGA Shopping Complex) संग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकले शपिङ कम्प्लेक्सको विभिन्न सेवा जस्तै कपडाहरु, घरायसी र इलेक्ट्रोनिक उपकरण, एफएमसीजी–फुड तथा एफएमसीजी–नन–फुडमा १० प्रतिशत छुट सम्म प्राप्त गर्न सक्नेछन् ।

jutta mela

ग्राहकले बैंक संगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण व्यक्तिले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम, विभिन्न शाखारहित सेवाकेन्द्र मार्फत आफ्नो सेवाहरु प्रदान गरिरहेको छ ।

 

You might also like

Comments are closed.