काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४३ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा २० हजार १ सय १८ पिसिआर परीक्षण गरिएको छ भने हाल सम्म १३ लाख ३४ हजार ८ सय ५७ परीक्षण गरिएको छ ।
सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ छ ।
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ९६ संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म ९९ हजार ६ सय ५ संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Comments are closed.