काठमाडौं । दराजले, दराज फ्युचर लिडर्स प्रोग्राम (डीएफएलपी) २०२५ को औपचारिक सुरुवातको घोषणा गरेको छ । नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंकामा एकैसाथ सञ्चालन गरिने यो गु्रप–वाइड म्यानेजमेन्ट ट्रेनी कार्यक्रम हो ।
भविष्यका नेतृत्वदायी क्षमतायुक्त स्थानीय प्रतिभालाई पहिचान गर्दै ई–कमर्श क्षेत्रलाई थप समृद्ध बनाउदै लैजानु यसको उद्धेश्य रहेको छ । १५ महिने घुम्ती कार्यक्रमका रुपमा चल्ने यो प्रोग्राम, सन् २०२५ को जुलाईदेखि सुरु हुने जानकारी दिइएको छ । कार्यक्रम अन्तर्गत सहभागीले कम्पनीका मुख्य विभागमा संरचित तरिकाले घुम्ती प्रशिक्षण लिने अवसर प्राप्त गर्नेछन् ।
वरिष्ठ नेतृत्वको मार्गदर्शनमा स्थानीय तथा अन्तर्राष्ट्रिय रणनीतिक टोलीसँग काम गर्ने अवसर प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ । डीएफएलपी २०२५ हालै, १ वर्षभित्र स्नातक गरेका, शैक्षिक उत्कृष्टता र विश्लेषणात्मक क्षमतामा अब्बल, उत्साही र प्रेरित युवाका लागि खुला गरिएको छ । उपयुक्त उम्मेदवारमा टीमवर्क, नेतृत्व क्षमताको सम्भावना, प्रभावकारी संवाद कौशल तथा अनुकुलनशीलता देखिनु आवश्यक रहेको कम्पनीले जानकारी दिएको छ ।
आवेदन वैशाख ८ देखि १४ दिनसम्म खुला रहनेछ । इच्छुक उम्मेदवारले दराजको करियर पृष्ठमार्फत आफ्नो उम्मेदवारीका लागि अनलाइन आवेदन दिन सक्नेछन् । विभिन्न चरणको छनोट प्रक्रियामार्फत दराजले देशभरका विश्वविद्यालयबाट योग्य युवाको छनोट गर्नेछ । उनीहरुलाई द्रुत गतिमा अघि बढिरहेको प्रविधि निर्भर वातावरणमा आवश्यक सीप, मार्ग निर्देशन तथा व्यवहारिक अनुभव प्रदान हुनेछ ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने सहभागीलाई दराजभित्रको नेतृत्वदायी भूमिकामा दीर्घकालिन करियर विकासका अवसरहरू प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । साथै, उत्कृष्ट प्रदर्शन गर्ने उम्मेदवारलाई उचित पारिश्रमिक तथा पुरस्कारद्वारा सम्मान समेत गरिनेछ । यस अनुभवले एक आत्मविश्वासी, डेटा–चिन्तनशील तथा द्रुत गतिमा निर्णय गर्न सक्ने व्यक्ति बनाएको नेपालबाट डीएफएलपीका पूर्व सहभागी स्वाति कर्णको अनुभव छ ।
डीएफएलपले दराजको दक्षिण एशियामा डिजिटल रूपान्तरणको प्रतिबद्धतालाई दर्साउँछ । यस कार्यक्रममार्फत दराजले सम्भावना बोकेका युवालाई सक्षम बनाई नवप्रवर्तनको प्रवद्र्धन र डिजिटल अर्थतन्त्रमा योगदान पु¥याउन सक्ने बनाउने लक्ष्य लिएको छ । प्रोग्राम सम्बन्धी थप जानकारीका लागि दराजको करियर पृष्ठमा उल्लेख गरिएको छ ।
Comments are closed.