प्राइम कमर्सियल बैँक र बन्दिपुर केबलकारबीच छुट सम्झौता

काठमाडौं । बन्दिपुर केबल कार एण्ड टुरिजम् लिमिटेड र प्राइम कमर्सियल बैँक लिमिटेडबीच ग्राहक तथा कर्मचारी लाई बिशेष छुट दिन समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा प्राइम कमर्सियल बैँक ठाँटीपोखरी शाखा, गोरखाका शाखा प्रवन्धक दिनेश कुमार श्रेष्ठ तथां बन्दिपुर—०४, डुम्रे, तनहँु स्थित बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंक का ग्राहक तथा कर्मचारीले बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेड मतहातमा रहेका केबल कार, स्काई साइक्लिङ र ड्राइभ् इन रेस्ट्रो मा सेवा—सुबिधाहरु लिएबापत बिल भुक्तानीमा १३% सम्म छुट पाउनेछन् ।

यस सेवा—सुबिधा प्राप्त गर्न ग्राहकले बैँकको डेबिट कार्ड÷क्रेडिट कार्ड वा मोबाइल बैँकिङ्ग द्वारा बिल भुक्तानी गर्नुपर्नेछ र प्राइम बैँकका कर्मचारीले कर्मचारी परिचय पत्र अनिवार्य देखाउनुपर्नेछ ।

 

You might also like

Comments are closed.

Secret Link