काठमाडौं । पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा दिवस ढकाल नियुक्त भएका छन् ।
संस्थाको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले ढकाललाई २०८३ असोज १ गतेदेखि लागू हुने गरी डिसिईओमा नियुक्त गर्ने निर्णय गरेको बताइएको छ ।
स्याङ्जामा जन्मिएका ढकालसँग विभिन्न लघुवित्तमा काम गरेको अनुभव छ । यसअघि उनले मातृभुमी लघुबित्त वित्तीय संस्था लिमिटेडमा एजिएमको जिम्मेवारी सम्हालेका थिए। २०८२ जेठ १ गतेबाट ढकाल कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडमा बरिष्ठ प्रबन्धकको जिम्मेवारीमा छन् ।



Comments are closed.