काठमाडौं । सोमबार स्थिर रहेको अमेरिकी डलरको मूल्य मंगलबार भने बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १३२ रुपैया ३६ पैसा रहेको छ ।
पछिल्लो समयमा डलरको भाउ महंगिदै गएको छ भने नेपाली पैसा विश्व बजारमा कमजोर बनिरहेको छ । जसको कारण नेपालको अर्थतन्त्रमा असर परिरहेको छ ।त्यस्तै, मंगलबार युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ १२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ७५ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८९ रुपैयाँ ४० पैसा र बिक्रीमा ८९ रुपैयाँ ८१ पैसा रहेको छ ।
त्यसैगरी, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ६४ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ६८ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३५रुपैयाँ २० पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ०६ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ २२ पैसा, साउथ कोरियन वन १०० को खरिद मूल्य १० रुपैयाँ ०९ पैसा र बिक्री मूल्य १० रुपैयाँ १४ पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २९ रुपैयाँ ८३ पैसा र बिक्री मूल्य २९ रुपैयाँ ९७ पैसा राष्ट्र बैंकले कायम गरेको छ ।
सम्रगमा हेर्दा धेरै देशको मुद्रा विनिमयदर बढेको देखिन्छ । यसले नेपालको रेमिट्यान्समा सहयोग पुर्याएता पनि अर्थतन्त्र र बजारमा भने असर पर्ने देखिन्छ ।नेपालको अर्थतन्त्र धेरै दातृराष्ट्रबाट ऋण लिएर चलिरहेको छ । जुन ऋणको ब्याज नेपालले बुझाउन पर्ने हुन्छ र ब्याज र्तिदा नेपालको पैसा धेरै बाहिरिने गर्छ ।
त्यसैगरी नेपालमा ग्यास, पेटोलिय पर्दाथ खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक समानलगाएत थुपै कुराहरु बाहिरबाट आयत हुने गर्छ । डलर बढ्नाले स्वतह त्यसको लगानि महंगो हुन जान्छ र नेपाली बजारमा महंगिले नेटो काटी आम नगरिकलाई ढाड सेकिरहेकाे छ । महंगि नियन्त्रणमा नेपाल सरकारले आन्तरिक उत्पादनमा बढी जोडदिनु पर्ने देखिन्छ ।
यस्तो छ आजको मुद्रा विनिमयदर :









Comments are closed.