पोखरा । गण्डकी प्रदेशको राजधानी पोखराबाट बुधबारदेखि एभरेस्ट एफएम सञ्चालनमा आएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले बुधबारदेखि प्रशारण शुरु गरेको हो । एफएमको एभरेस्ट मिडिया हाउस प्रालिकी अध्यक्ष कर्मकुमारी गुरुङले ट्यून अन गरेर शुभारम्भ गरेकी थिईन् । शुभारम्भ अघि व्राह्मण गुरु र लामा गुरुहरुले स्वस्ती वाचन गरेका थिए ।
एभरेस्ट मिडिया हाउसले यसअघी एभरेस्ट आवाज डटकम सञ्चालनमा ल्याईसकेको छ । विश्वव्यापी महामारीका कारण दुई दशकदेखि सञ्चारकर्ममा लागेका सञ्चारकर्मीहरुको रोजगारी गुमेपछि पोखराका दिग्गज तथा युवा युद्वमीहरुसँको सहकार्यमा सञ्चालनमा आएको एभरेस्ट मिडिया हाउस प्रालिले एफएम रेडियो, अनलाईन न्यूज पोर्टल सञ्चालनमा ल्याईसकेको छ भने चाँडै यूटूब च्यानल टिभी एभरेस्ट सञ्चालनमा ल्याउने प्रालिले जनाएको छ ।
‘सँधै सँगै’ मुख्य नारा बनाएको एभरेस्ट एफएम ९३ मेगाहर्जमा सुनिने एफएमका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । एफएम आवाज विहिन्हरुको आवाज बनाउन कोशिष गरिने उनले बताए । उनले पत्रकारिता नाफामुखी नभई सेवामुखी पेशा भएको बताउँदै उनले भने,‘यो दुई दशकको अनुभवबाट म निर्धक्क भन्न सक्छु कि पत्रकारिता यो देश र नागरिकका लागि गरिने निःशर्त सेवा मात्र हो ।’ उनले एभरेस्ट एफएमलाई समस्या छताछुल्ल पार्ने माध्यम मात्र नबनाई समस्या समाधान खोज्ने थलो बनाउने प्रतिबद्धता जनाए ।
एफएमलाई शुभकामना दिदै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एभरेस्ट एफएम नामजस्तै उच्च हुनेमा आफू विश्वस्त रहेको बताए । उनले नागरिकको स्वास्थ्य सुरक्षाका लागि प्रदेश सरकार लागिपरेको उल्लेख गर्दै गरेको कामको प्रशंसासहित हौसला प्रदान गर्न र कहिंकतै चुक्दा खबरदारी गर्न पत्रकारिताको माध्यमबाट एभरेस्टले सघाउने विश्वास व्यक्त गरे ।
एभरेस्ट मिडिया हाउस प्रालिकी अध्यक्ष कर्मकुमारी गुरुङले एफएमलाई सबै गण्डकीबासीको बनाउन आफूहरु सँधै प्रयत्नशील रहने बताईन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले अनुकुलतामा सबैले प्रगति गर्ने भन्दै प्रतिकुलतामापनि अनुकुलता देखेर एभरेस्ट एफएम अगाडि बढ्नु सह्रानीय भएको भन्दै सफलताको शुभकामना व्यक्त गरे ।नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभूवन पौडेलले खारिएका पत्रकारहरुको टिमले शुरु गरेको एभरेस्ट एफएम चाँडै नै गण्डकीबासी जनतामा लोकप्रिय बन्ने विश्वास व्यक्त गरे ।न्यूनतम पारिश्रमिक निर्धारण समितिका निवर्तमान अध्यक्ष गंगाधर पराजुलीले एभरेस्ट एफएम पत्रकारिताको क्षेत्रमा उदाहरणीय बन्न सकोस् भन्दै शुभकामना व्यक्त गरे ।
तमु धिँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङले आदिवासी, जनजातिसँगै सिमान्तकृत समुदायको आवाजसमेत एभरेस्ट एफएमले प्रशारण गरेर उनीहरुको हक, हित र अधिकार प्राप्तिमा सघाउने विश्वास व्यक्त गरे ।
Comments are closed.