पोखराको पार्किङ व्यवस्थापनमा एक्स्पर्टको साथ

 

पोखरा । पोखराको पार्किङ व्यवस्थापनको जिम्मा लिएको फेवा/सावित्री जेवी कम्पनी र एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस प्रा.लि. पोखराबीच सहकार्यको सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमबीच एक्स्पर्ट पोखराका निर्देशक रमेशकुमार थापा र फेवा सावित्रीका अध्यक्ष इन्द्र गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार एक्स्पर्टले पोखराको पार्किङमा आफ्नो तर्फबाट सहयोग गर्ने भएको छ । जस अनुसार करिब २ लाख रुपैयाँ बराबरको सामग्री एक्स्पर्टले सहयोग गरिसकेको छ । पार्किङका कर्मचारीका लागि एक्स्पर्टले पोशाक (टोपी, टिसर्ट, रिफ्लेक्टेड ज्याकेट, छाता, रेनकोट) हस्तान्तरण गरिसकेको छ ।

त्यसैगरी फेवा/सावित्रीको सिफारिस लिएर आएका विद्यार्थीलाई एक्स्पर्टमा आइएलटिएसको कक्षामा २० प्रतिशत र भिजा प्रोसेसिङमा ५० प्रतिशत छुट प्रदान हुने कम्पनीका पब्लिक रिलेसन अफिसर तथा मार्केटिङ हेड विष्णु गौतमले जानकारी दिए । एक्स्पर्टमा पढ्न आउने विद्यार्थीलाई पोखराको पार्किङमा विशेष छुट प्रदान हुने बताइएको छ ।

You might also like

Comments are closed.