‘फेकोफनमा स्थापनादेखि नै महिला पुरुष समान नेतृत्व’

 

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) का अध्यक्ष भारती पाठकले स्थापनाकालदेखि नै संस्थाको नेतृत्वमा महिला र पुरुषको ५०÷५० प्रतिशत सहभागिता भएको बताएकी छन् ।

महासङ्घले शुक्रबारअन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवसका अवसरमा देशभर रहेका सामुदायिक वन उपभोक्ता महासङ्घ र वन उपभोक्ता समूहका महिला पदाधिकारीका लागि भर्चुअल रुपमा आयोजना गरेको महिला नेतृत्व प्रशिक्षणमा उनले सामुदायिक वनको आन्दोलनमा समेत महिलाको अतुलनीय योगदान रहेको बताइन् ।

समाजमा हुने हरेक हिंसाविरुद्ध फेकोफन कटिबद्ध भएर लाग्ने प्रतिबद्धता उनले जनाइन् ।तालीममा महासङ्घका महासचिव बिर्खबहादुर शाही र सचिव ठाकुरप्रसाद भण्डारीले सामुदायिक वनको योगदानको अभिलेख राख्ने काम सरकारीस्तरबाट हुन नसकेको दुखेसो पोखे । महासङ्घका कार्यकारी निर्देशक डा सीता अर्यालले कार्यालयमा महिलामाथि हिंसा हुन नदिन व्यक्तिगत रुपमा सचेत रहन जरुरी रहेको बताइन् ।

You might also like

Comments are closed.