भृकुटीमण्डपमा आजदेखि फीन इलेक्ट्रोटेक मेला

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि १०औँ फीन इलेक्ट्रोटेक मेला लाग्ने भएको छ।

नेपालको एकमात्र इलेक्ट्रिकल एवं इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रिय स्तरकै बृहत् प्रदर्शनी हुन लागेको हो।

मेलामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इलेक्ट्रिक सामग्रीहरुको प्रदर्शनी हुनेछ। मेलाले इलेक्ट्रोनिक व्यवसायी, इञ्जिनियर विद्यार्थीलगायत सबै सरोकारवालालाई लाभ दिने नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शनप्रसाद पौडेलले बताए ।

आइतबारसम्म चल्न मेलामा झन्डै एक लाख जनाले अवलोकन गर्ने अनुमान छ। मेलामा अत्याधुनिक प्रविधियुक्त सामग्रीहरु प्रदर्शनीमा राखिने अध्यक्ष पौडेलले बताए ।

You might also like

Comments are closed.