आगलागीले घर जलेर नष्ट

माडी । चितवन जिल्लाको माडीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

माडी नगरपालिका–७ देवेन्द्रपुरको शिवालय मन्दिर नजिकका ४८ वर्षीय टोकप्रसाद गौडेलको घर आगलागीका कारण जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अचानक लाइटर पड्केर भएको आगलागीबाट उनको ढुङ्गामाटोले बनेको दुइतले कच्ची घर जलेर नष्ट भएको हो ।

jutta mela

आगलागीबाट रु १० लाख बराबरको क्षति भएको अनुमान गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

स्थानीय, प्रहरी र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ ।

You might also like

Comments are closed.