काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित पदाधिकारीले आइतबार राष्ट्रपति सँग भेट गरेका छन् । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिवार्चित कार्यसमितीलई बधार तथा सफलताको शुभकामना व्यक्त गरिन् ।
महासंघका अध्यक्ष शेखर गौल्छाको नेतृत्वमा निर्वतमान अध्यक्ष भवानी राणा, बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अंजन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सहितको टोलीले राष्ट्रपति सँग भेट गरेको हो ।
साना तथा मझौला उद्योगमा कोरोना महामारीको असर धेरै परेकोले प्रभावबाट बाहिर ल्याउन सबैभन्दा धेरै सहयोग आवस्यक रहेकोले कोभिड पुर्नउत्थान बिशेष कार्यक्रम ल्याउन आवस्यक रहेको भेटका क्रममा अध्यक्ष गोल्छाले बताए । नयां नेतृत्वले निजी क्षेत्र र समुन्नत मुलुक निर्माणका लागि महासंघ विशेष लक्ष्य सहितको भिजन पेपर तयारीमा लागेको पनि उनले जानकारी गराए । साथै महासंघले ल्याउने भिजन पेपरमा एसएमइजको पुनरूत्थानका लागि विशेष सुझाव समेटिने अध्यक्ष गोल्छाले राष्ट्रपतिलाई जानकारी गराए ।
भेटवार्तामा महासंघका पदाधिकारीहरूले अहिलेको संकटको अवस्थामा तुलनात्मक लाभका क्षेत्रहरू जस्तो कृषि, पर्यटन, पूर्वाधार निर्माण, उर्जा लगायतका क्षेत्रसंग जोडिएका राष्ट्रिय गौरवका आयोजनाहरू छिटो सम्पन्न गर्न पहल हुनुपर्ने, मुलुकभित्र उपलव्ध प्राकृतिक स्रोत साधनको समुचित विकास मार्फत आर्थिक विकास, रोजगारी सृजनामा सरकारको ध्यान जानुपर्ने, संस्थागत सोच अनुरुप विकासका कार्यक्रम अगाडी बढाइनुपर्ने, लगानी सुरक्षा र नीतिगत स्थायित्व लगायतका विषयमा जोड दिए ।
हामीसंग पर्याप्त सम्भाव्यता भएर पनि हामी पछि परेका छौं, प्राकृतिक स्रोत साधनमा हामी धनी छौं, बजारका लागि कुनै समस्या छैन तैपनि पर्याप्त लगानी आउन सकेको छैन, अहिले पनि हामी अरुकै भर पर्नुपर्ने परिस्थिति छ राष्ट्रपतिले भनिन्–”रोजगारीका लागि वाध्य भएर वाहिर जानुपर्ने परिस्थितिलाई कसरी अन्त्य गर्न सकिन्छ यसमा तपाईहरू गम्भीर भएर लाग्नुहोस् ।”







Comments are closed.