नवलपुरमा स्वास्थ्यमन्त्री : गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता

नवलपुर । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङले नवलपुर जिल्लामा रहेका स्वास्थ्य कार्यालय, अस्पताल तथा आर्युुबेदीक कार्यालयहरुको अनुमगन तथा निरिक्षण गरेकी छन् ।

सो क्रममा उनले अब जिल्लामा रहेका स्वास्थ्य सस्थाहरुले उपचार क्षमता बृद्धी गर्ने आबस्यक रहेको बताइन् । जनताको आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने देखि लिएर बिषेशज्ञ सेवा प्रबाहमा जोड दिन सरकार लागिरहेको उनको भनाई थियो । जिल्लाको मध्यबिन्दु अस्पतालको भ्रमणका क्रममा अस्पतालको सेवा प्रबाहलाई थप चूस्त बनाउन आग्रह गरिन् । सो क्रममा उपचाररत बिरामीहरुकोे अबस्था, उपचार प्रकृयाका बारेमा पनि उनले वार्डमै पुगेर चासो दिएकी थिइन् । भौगोलिक अबस्था, जनसंख्याको आधार र बिकासको सुचकाङ्कलाई मानेर नै समाबेशी बिकासको मोडलनै अहिलेको उत्तम मोडल भएको मन्त्री अधिकारीको भनाई थियो । मध्यबिन्दू अस्पतालमा बन्दै गरेको नयाँ भवन, अक्सीजन प्लान्ट, कर्मचारीको अबस्थाका बारेमा उनले जानकारी लिइन् ।

मन्त्री अधिकारीले कोलुवामा रहेको स्वास्थ्य कार्यालय, नवलपरासी पुर्बमा पुगेर कार्यालयको अबस्थाको बारेमा जानकारी लिइन् । कार्यालयका प्रमुख केशब प्रसाद चापागाईले कार्यालयको भौतिक संरचना र्निमाण गर्न आबस्यक रहेको बताइन् । जिल्लामा जनसंख्याको आधारमा सेवा प्रबाह गर्ने स्वास्थ्य सेवा दिने कार्यालय एकदम कम भएको चापागाईले जानकारी दिए । जिल्लामा अहिले पनि २५ प्रतिशत बालबिवाह, गर्भपतन पनि अनियन्त्रीत रहेको उनको भनाई थियो । यो अबस्था लाई नियन्त्रणमा ल्याउन आबस्यक रहेकोमा उनले जोड दिइन् ।

jutta mela

अरुङ्गखोला सिथ्त जिल्ला आर्युबेद स्वास्थ्य केन्द्रको पनि उनले सो क्रममा अनुगमन गरिन् । मन्त्री अधिकारीले जंगलमा खेर गएका जडिबुटी लाई संकलन, भण्डारण, प्रशोधन गर्ने कार्यलाई प्रभावकारी रुपमा अगाडी बढाउने बारे मन्त्रालयले आबस्यक गृहकार्य सुरु गर्ने बताइन् । कार्यलयका कार्यलय प्रमुख डा. सुजाता शर्मालेले कार्यालयको अबस्थाको बारेमा मन्त्री लाई जानकारी गराएकी थिइन् ।

नवलपुरमै रहेको प्रदेशकै नमुना प्राकृतिक चिकीत्सालयको रुपमा चिनिएको सामुदायिक प्राकृतिक चिकित्सालय, रजहरमा पनि मन्त्री अधिकारीले भ्रमण गर्न भयो । सो क्रममा त्यहाँ उपचाररत गण्डकी प्रदेशको प्रदेशसभा सदस्य प्रभा कोईरालाको स्वास्थ्य अबस्थाको बारेमा उनले जानकारी लिएकी थिइन् । रजहरलाई प्राकृतिक चिकीत्साको हब बनाउनेमा उनले जोड दिइन् । प्रदेशको गौरवको रुपमा रजहरको प्राकृतिक चिकित्सालय अगाडी आउनेमा आफु बिस्वस्त रहेको उनले बताइन् ।

You might also like

Comments are closed.