काठमाडौं । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख ३ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक हजार १ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय छ । यसको मूल्य मङ्गलबार प्रतितोला ९९ हजार ८ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ रुपैयाँले घटेर एक हजार ३ सय ७० मा आएको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९ सय २१ डलर आसपास कारोबार भइरहेको छ ।
Comments are closed.