ग्रीन डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, ८.४६२७ लाभाशं वितरण गर्ने प्रस्ताव पारित

पोखरा । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आ.व २०८१/८२ को अन्त्यमा कायम चुक्ता पुँजीको ८.०३९६ प्रतिशत बोनस शेयर र ०.४२३१४ प्रतिशत कर प्रयोजनार्थ नगद लाभाशं गरी ८.४६२७ लाभाशं वितरण गर्ने प्रस्ताव सहित सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित ग¥यो ।

बैंक सञ्चालक समितिका अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाको कार्यक्रम सञ्चालन बैंकका प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव हरि बहादुर बुढाथोकीले गरेका थिए ।

सभामा बैकका पूर्व सञ्चालक विश्व मोहन अधिकारीले देशको विद्यमान आर्थिक चुनौतिका बावजुद बैंकले हासिल गरेको उपलब्धिको प्रसंशा गरे । यसैगरी बैंकका पूर्व सञ्चालक मनोविज्ञान श्रेष्ठले बैंकले शेयरधनीलाई आगामी बर्ष दोहोरो अंकमा प्रतिफल दिने गरी कार्ययोजनाका साथ अगाडी बढ्न सुझाव दिए । सभामा डा. प्रदिप घिमिरेले बैंकले १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेकोमा शुभकामना दिदै आगामी दिनमा अझ गुणस्तरिय बैंकिङ सेवा एंव डिजिटलाईजेसनमा जोड दिन सुझाव दिए ।

कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत बुढाथोकीलेले बैंकको शाखा सञ्जाल मार्फत वित्तीय पहुच बाट बञ्चित समुदायलाई समेट्ने, दिगो लगानी प्रवद्र्धन गर्ने, डिजिटल उपकरण थप गरी सेवा गुणस्तरमा निरन्तर सुधार ल्याउने साथै ग्रीन बैंकिङ, हरित कर्जा प्रवाह तथा सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत समुदायसँग गहिरो सम्बन्ध कायम गर्दै जिम्मेवार बैंकका रुपमा स्थापित गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

बैंकका सञ्चालक कृष्ण शंकर श्रेष्ठले १३ औँ वार्षिक साधारण सभामा उपस्थितहुनु भएका सम्पुर्ण अतिथि एवं शेयरधनीलाई धन्यवाद ज्ञापन गरे ।

You might also like

Comments are closed.

Secret Link