नेपालगन्ज र दाङमा गल्फ लुब्रिकेन्ट्सको उच्चस्तरीय शोरुम

काठमाडौं । नेपालमा ३८ वर्षको गौरबमय यात्रा बोकेको, विश्व प्रख्यात र सबैभन्दा सार्वाधिक विक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेड हो । नेपाल ल्युब आयल लिमिटेडले नेपालगन्जमा रवि ट्रेडर्स र दाङ्गमा मध्य पश्चिम सप्लायर्सलाई आफ्नो आधिकारक बिक्रेताको रुपमा संचालनमा ल्याएको छ । ग्राहकलाई उच्च सेवा प्रदान गर्न शोरुम संचालनमा ल्याइएको हो ।

शोरुमको उद्घाटन नेपाल ल्युब आयल लिमिटेडका अध्यक्ष अरुण चौधरीले गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै चौधरीले भने,“गल्फ ब्रान्ड अन्तर्राष्ट्रिय ब्रान्ड हो जुन उच्च क्वालिटीकोे लागि प्रख्यात छ, नेपाली बजार मा गल्फ सर्वाधिक बिक्रि हुँने लुब्रिकेन्त ब्रान्ड हो ।”

नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगाराज भट्टराइका अनुसार,“नया उच्चस्तरीय शोरुमबाट गल्फ ब्रान्डको सबै उत्पादनहरु ग्राहक माझ उपलब्ध गराउने र ग्राहकले पनि उच्चस्तरिय लुब्रिकेन्ट्स प्रयोग गर्नपाउने बताइएको छ ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्राण्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ ।

You might also like

Comments are closed.