प्रेस्टिजिओ होल्डिङ्स ग्रुपकाे ‘द ब्ल्याक गोल्ड हलाल रेष्टुरेन्ट

बजारको मागलाई बुझेरै व्यवसाय सुरु गरेका हाैं – सञ्चालक श्रेष्ठ

काठमाडौंको दरवारमार्गमा प्रेस्टिजिओ होल्डिङ्स ग्रुपले ‘द ब्ल्याक गोल्ड हलाल रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ । गएको फेब्रुअरीदेखि सञ्चालनमा आएको रेष्टुरेन्ट अरेबियन खाना र मुस्लिम समुदायका पर्यटकका लागि लक्षित गरेर सञ्चालनमा ल्याइएको यसका सञ्चालक मध्येका एक बालकृष्ण श्रेष्ठ बताउँछन् । सञ्चालक श्रेष्ठ फरक अवधारणा तर बजारको मागलाई बुझेरै व्यवसाय सुरु गरेको बताउँछन् । प्रस्तुत छ, सञ्चालक श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश :

यो अवधारणामा रेष्टुरेन्ट खोल्ने योजना कसरी बन्यो ?

वर्षेनी १०÷१२ लाख पर्यटन आउँछन् । अनौपचारिक तथ्यांक अनुसार त्यसमा पनि ३० देखि ४० प्रतिशत मुस्लिम समुदायका पर्यटक आउने गरेका छन् । तर उनीहरूले विशेष गरी खाने हलाल खानालाई प्राथमिकता दिएर रेष्टुरेन्ट खुलेका छैनन् ।
हामीले यसको शुरुवात नेपाल घुम्न आएका मुस्लिम पर्यटक आफूले चाहेको र आफ्नो कल्चर अनुसार खान नपाउने अवस्था हटाउनको लागि ‘हलाल रेष्टुरेन्ट’ को अवधारणा ल्याएका हौं ।

 ग्राहकको प्रतिकृया कस्तो पाउनुभएको छ ?

प्रतिकृया धेरै राम्रो पाएका छौं । धेरैले गुगल म्यापमा खोज्दै पनि आउनुभएको छ । हामीले दिने सेवा, खानाको गुणस्तर, सरसफाइ र अन्तरराष्ट्रियस्तरको पहिचानले धेरै पर्यटक आउने गर्नुभएको छ । अन्तरराष्ट्रिय पर्यटक नै बढी आउने गर्नुभएको छ । आन्तरिक पर्यटकका लागि अहिले आर्थिक रूपमा सहज वातावरण छैन भने धेरै नेपाली मुस्लिम समुदायका व्यक्तिहरू यसरी रेष्टुरेन्टमा गएर खाने संस्कृति पनि छैन ।
हामीले लक्षित समुदायको रूपमा मुस्लिम समुदायलाई लक्षित गरेको भएकोले अरब, मलेसिया, चाइना, पाकिस्तान, बंगलादेश ग्राहक आउने गर्नुभएको छ । अहिले बजारमा हलालमैत्री रेष्टुरेन्ट र होटलमा मदिरा चल्ने तर उहाँहरूले मदिरा नखाने भएकोले त्यस्तोमा जान हिच्किचाउने गरेको पाइन्छ, हाम्रोमा त्यो नभएर पनि केही आकर्षण बढ्दो छ । हामीले पूर्णरूपमा हलाल अवधारणामा काम गरेका छौं,रक्सी र पोर्क पूर्ण रूपमा बन्देज गरिएको छ ।

व्यवसायबाट कति उत्साहित हुनुहुन्छ ?

उत्साहित नै छौं । म वैदेशिक रोजगार व्यवसायमा आबद्ध छु । नेपालबाट वैदेशिक रोजगारीमा जाने भनेकै अधिकांश अरब र मलेसियामा हो । यसरी कामदार छनोट गर्दा आउने कर्मचारी धेरै मुस्लिम समुदायका नै हुन्छन् । हामीले कम्तिमा उनीहरूलाई सेवा दिँदा पनि लाभ लिन सकिने अवधारणाले यो व्यवसायको शुरूवात गरेका हौं । पर्यटन बोर्डको तथ्यांक हेर्दा पनि मुस्लिम पर्यटकको फ्लो बढ्दो देखिन्छ ,यसले पनि हामीलाई यसतर्फ प्रेरित गरेको हो । विश्वमै पनि मुस्लिम समुदायको तथ्यांक बढ्दोछ, विभिन्न सम्भाव्यता अध्ययनमा पनि त्यस्तो देखिए पनि हामीले हलाल रेष्टुरेन्ट शुरूवात गरेका हौं । हामी योजना अनुसार नै अगाडि बढिरहेको छौं र ग्राहक पनि त्यसै अनुसार नै बढ्दै आउनुभएको छ । वर्षाको समय खासगरी पर्यटक कम आउने समय हो र पनि दिनमा ४–५ ग्रुप आउने गरेको रफ्तारलाई हामीले राम्रो मान्न सकिन्छ ।

दरवारमार्गमा हुनुहुन्छ, मूल्य कति सन्तुलित छ ?
jutta mela

इन्टरनेशनल स्ट्रिटको रूपमा रहेको दरवार मार्गको लोकेशनमा रहेको कारण हामी लागतका हिसाबले पनि महंगो ठाउँमा छौं । तर हामीले तुलनात्मक रूपमा कम शूल्कमा सेवा दिइरहेका छौं । हामी उच्च गुणस्तर तर मध्यम मूल्यमा सेवा दिँदै आएका छौं । जसकै कारण कुनै पनि ग्राहकले खानमा कञ्जुस्याँई गरेका छैनौं । ग्राहकले यो मूल्य प्रति सन्तुष्ट हुनुहुन्छ, उहाँहरूको भनाइ सुन्दा पनि यो मूल्य ग्राहकमैत्री छ ।

सरकारी निकायको सहयोग कस्तो छ ?

सरकारको कामै कर उठाउने हो जस्तो लाग्छ, त्यसभन्दा बढी सरकारले गर्ने सहयोग देखिन्न । हाम्रो व्यवसाय मात्र होइन अन्य कुनै पनि व्यवसायमा सरकारको सहयोग छैन र सरकार व्यवसायीमैत्री छैन भन्ने कुरामा स्पष्ट छ । नेपाल मात्र यस्तो देश हो जहाँ निजी क्षेत्रले सरकारलाई पालिररहेकोछ । एउटा व्यवसायीले कति ठाउँमा कर तिर्ने ? एउटा परिवार पाल्न सामान्यतया १ लाख रुपैयाँले खर्च पुग्दैन तर सरकारले १ लाख कमाउनले लाई २५ प्रतिशत कर असुल्छ । सरकारले चाह्यो भने नयाँ व्यवसाय शुरु गर्न लागेका व्यवसायीलाई करमा छूट दिन सक्छ । नयाँ व्यवसायीले जोखिम मोलेर व्यवसाय शुरु गरेको हुन्छ तर यहाँ संघ देखि स्थानीय तहसम्मले कर असुलेर बसेको हुन्छ । व्यवसायमा खास ऊर्जा नै छैन ।

भावी योजना के के छन् ?

अफ्ठ्यारा धेरै छन् तर हाम्रो टिमले तमाम अबरोधका बीच पनि व्यवसायलाई सकारात्मक भएर भोलि केही सुधार होला भनेर काम गरिरेका छौं । हामीले विभिन्न अवसरमा हलाल क्याटेरिङको सेवा दिने योजनामा छौं । नेपालमा विभिन्न मुलुकबाट आएर बसोबास गर्दै आउनुभएका मुस्लिम समुदायको लागि क्याटेरिङ सर्भिसले पक्कै पनि मद्धत गर्छ ।

होम डेलिभरीको सुविधा पनि छ ?

हामी बिहान ११ बजेदेखि राती १० बजेसम्म सेवा दिन्छौं । डेलिभरी सेवा दिन्छौं, ब्रेकफास्टको सुविधा छैन । डिप्लोम्याट र अन्तराष्ट्रिय ग्राहकले धेरै डेलिभरी सुविधा लिनुहुन्छ । ग्राहकले धेरै आइटम खोज्नुहुन्छ तर हामीले सबै पूरा गर्न सकेका छैनौं । हाम्रो मेनुको बेसमा सेवा दिएका छौं । कतिपय अवस्थामा उहाँहरूको अर्डरका आधारमा खाना दिन्छौं ।

आवश्यक कच्चापदार्थ कहाँबाट ल्याउनुहुन्छ ?

हामीले खानको लागि आवश्यक मसला दुबई, साउदीबाट ल्याउने गरेका छौं । जुन नेपालमा पाइदैन । हलाल मासुको हकमा विशुद्ध हलाल स्टोरबाट मात्र मासु ल्याउँछौं । हामीले हरेक मासु स्टान्र्डर्ड मूल्य तिरेर ल्याउने गरेका हुन्छौ । हलाल मासु नपाउँदा दुबईबाट समेत ल्याउने गरेका छौं । ग्राहकले हामीलाई विश्वास गर्नु भएको छ भने हामीले उहाँहरूको इमोसनसँग खेल्न मिल्दैन ।

You might also like

Comments are closed.