लेखनाथको पावर हाउसमा खुल्यो ‘ह्याप्पी किड्स मन्टेश्वरी’

लेखनाथ । मन्टेश्वरी शिक्षामा एक दशक लामो अनुभव संगालेकी सपना केसी ठकुरी र दीपकराम ढेवाजूको नेतृत्वमा ‘ह्याप्पी किड्स मन्टेश्वरी’ सञ्चालनमा आएको छ । पोखरा ३० पावरहाउस (बरालथर) मा सञ्चालनमा आएको मन्टेश्वरीमा वैशाख १० देखि भर्ना अभियान सुरु हुनेछ ।

करिब ४ रोपनी क्षेत्रफलमा मन्टेश्वरी सञ्चालनमा ल्याइएको हो । सुविधासम्पन्न बालमैत्री भवन निर्माण गरिएको छ । १८ महिनादेखि ६ वर्षसम्मका बालबालिकालाई लक्षित गरी मन्टेश्वरी सञ्चालनमा ल्याइएको ठकुरीले जानकारी दिइन् । मन्टेश्वरीमा १२० जनासम्मको क्षमता छ ।

मन्टेश्वरीमा प्ले ग्रुप, प्रि नर्सरी, नर्सरी, एलकेजी र युकेजीका कक्षाहरु सञ्चालन हुनेछन् । ‘बाबुनानीलाई संस्कारयुक्त र व्यवहारिक शिक्षा प्रदान गर्ने पवित्र उद्देश्यसहित मन्टेश्वरी स्थापना गरिएको हो,’ उनले भनिन्, ‘मन्टेश्वरी शिक्षापद्धतिबाट पठनपाठन हुन्छ ।’ पारिवारिक वातावरणमा अध्ययनको व्यवस्था गरिने उनले बताइन् ।

बालबालिकाकोे सुविधालाई मध्यनजर गरी यातायातको सुविधा उपलब्ध गराइने सञ्चालक ढेवाजूले बताए । ‘बच्चाहरुको स्वास्थ्यप्रति सचेत बन्द्र पोषणयुक्त तथा ताजा खानेकुरा खुवाउँछौं,’ उनले भने, ‘खाजा २ पटक खुवाउने छौं ।’

बच्चाहरुलाई खेल्नका लागि पर्याप्त खुल्ला क्षेत्र उपलब्ध छ । शिक्षासँगै खेलकुद गतिविधि, डान्स, म्युजिक, योगाको सुविधा पनि उपलब्ध हुनेछ । स्विमिङ पुल छिट्टै निर्माण हुने बताइएको छ ।

‘बालबालिकाको प्रत्येक क्रियाकलापलाई अभिभावक समक्ष निरन्तर अपडेट गराउनेछौं,’ ठकुरीले भनिन् । प्रत्येक ३ महिनामा बच्चाहरुको स्वास्थ्य परीक्षणसमेत गरिने उनले जानकारी दिइन् । आवश्यकता अनुसार ‘फिल्ड ट्रिप’को व्यवस्था पनि गरिने उनले बताइन् । ‘मन्टेश्वरीमा आबद्ध शिक्षकहरु अनुभवी तथा मन्टेश्वरी तालिम प्राप्त छन्,’ उनले भनिन् ।

 

You might also like

Comments are closed.